• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

मनाङका घर–घरमा हाइब्रिड स्याउ

पासोमा फसेको चितुवा मर्‍याे

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

सालकको खपटासहित एकजना पक्राउ

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

बँदेलका लागि थापेको पासोमा चितुवा

जुम्लाका अगार्निक तरकारी निर्यातको लागि संकलन सुरु

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. तीन गोही खायो बाघले

  • ३. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ४. सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

  • ५. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ६. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

  • ७. रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

  • ८. रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

  • ९. विश्वकप फुटबलको खेल तालिका परिवर्तन

  • १०. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

गगन र विश्वप्रकाश : ढुङ्गाको काप फोरेर उम्रेका पिपल

  •  राष्ट्रिय संञ्चार
  • १ पुष २०७८, बिहीबार १६:३४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन कुमार थापा लोकतान्त्रिक आन्दोलनबाट उदाएका चर्चित नेताका रुपमा चिनिन्छन्  । राम्रो वक्तृत्व र सांगठनिक क्षमता भएका नेता थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीका प्रतिस्पर्धी थिए तर परिणाम उनको पक्षमा आउन भने  सकेन  ।

    १३औं महाधिवेशनपछि थापाले नेपाली कांग्रेसको वैचारिक र सांगठनिक रूपान्तरणको पक्षमा सशक्त विचार प्रस्तुत गरे । थापाले आम निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसको तर्फबाट ‘समुन्नत नेपाल, सम्पन्न नेपाली’को अवधारणा अघि सारेका थिए । झण्डै दुई तिहाई मत सहित निर्वाचित भएका थापा नेपाली कांग्रेसभित्र धेरै आशा र भरोसा गरिएका नेताका रूपमा उदाएका छन् ।

    Advertisement

    राजनीतिमा विकृति, जवाफदेहीताको अभाव अनि मौलाउँदा मोलाहिजा, निरंकुशता र गैरजिम्मेदारीका बीच मतदाताको सुविचारित मत महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको पक्षमा प्रस्तुत भएको छ ।

    दुवै नेता नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिमा उदाएका हुन् । विश्वप्रकाश शर्मा सभापति हुँदा गगन थापा महामन्त्री थिए । अहिले दुवै नेपाली कांग्रेसको महामन्त्री बनेका छन् । १४औं महाधिवेशनमा मतदान भैरहँदा युवाहरूले प्यानल नहेरी गगन र विश्वप्रकाशलाई मत मागिरहेका थिए । यसले उनीहरूको लोकप्रियतालाई झल्काउँछ ।

    गगन थापा कांग्रेसले गणतन्त्रको नारा नबोक्दै गणतन्त्रको पक्षमा अभिव्यक्ति दिन थालेपछि परिवर्तनकामीहरूको आकर्षणको केन्द्र भए ।

    २०३३ सालमा काठमाडौँमा जन्मिएका थापाले सिद्धार्थ वनस्थली हाइस्कूलबाट विद्यालयको शिक्षा पूरा गरेका हुन् । उनी २०४६ को जनआन्दोलनबाट राजनीतिमा होमिएका हुन् । २०४६ सालको जनआन्दोलनमा ९ कक्षामा अध्ययनरत गगनले बाल कांग्रेसको सदस्य भएर राजनीतिक यात्राको शुरुवात गरेका हुन् ।

    Advertisement

    राजनीतिमा प्रवेश गरेपछि उनले आफूलाई परिस्कृत गर्न निरन्तर मेहनत गरिरहे । २०५१ मा गगन थापा त्रिचन्द्रको स्वतन्त्र विदार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । उनी त्रिचन्द्रमा स्ववियू सचिव हुँदै सभापति भए । २०५५ मा स्ववियू सभापति भएपछि उनको यात्रा केन्द्रीय राजनीतितर्फ अघि बढ्यो । नेविसंघमा उनी महामन्त्री हुँदै उपाध्यक्ष भए ।

    त्रिचन्द्र कलेजबाट समाजशास्त्र र मानवशास्त्रमा स्नातकोतर गरेका थापा २०५९ देखि २०६१ सम्म नेपाल विद्यार्थी संघको महामन्त्री भएका थिए । गणतन्त्रको नारा घन्काउँदा दर्जनौ पटक थापा हिरासतमा बसे ।

    एमालेको अल्पमतको सरकारमा केपी ओली गृहमन्त्री हुँदा उनी पहिलोपटक हिरासतमा बसेका थिए ।

    थापा पहिलो संविधानसभामा समानुपातिकबाट सदस्य थिए भने दोस्रो संविधानसभामा निर्वाचित । संसद्को समेत भूमिकामा रहेको संविधानसभामा रहँदा थापा कृषि तथा जलस्रोत समितिको सभापति थिए ।

    गगन थापा उक्त समितिको सभापति छँदा विकास र अर्थतन्त्रका मुद्दामा स्व. रविन्द्र अधिकारी सभापति रहेको विकास समिति तथा प्रकाश ज्वाला सभापति रहेको अर्थ समितिको संयुक्त बैठक बसेर प्रधानमन्त्रीलाई समेत बोलाएर निर्देशन दिएपछि उनीहरूको आर्थिक विकासको मुद्दामा गम्भीरतालाई आम जनताले महशुष गर्न पाएका थिए ।

    माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकारमा थापा केही समयका लागि स्वास्थ्य मन्त्री पनि रहे । स्वास्थ्यमन्त्री भएपछि गगन थापाले काम गर्न सक्दैनन् र जनताको नजरमा चुक्छन् भन्ने आलोचकहरूको अनुमानलाई मिथ्या सावित गर्दै सार्वजनिक स्वास्थ्य सेवाको सुधार, स्वास्थ्य शिक्षाको गुणस्तर, दुर्गममा चिकित्सकको नियुक्तीलाई छात्रवृत्तिसँग जोड्ने काम उनले गरे । उनले गरेका कामलाई विश्व स्वास्थ्य संगठनले पनि प्रशंशा गरेको छ ।

    त्यस्तै थापाले विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)को छात्रवृत्तिमा केही समय अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमा संसदीय सञ्जालको बोर्ड सदस्य पनि छन् ।

    विश्वप्रकाश नेपाली राजनीतिमा बीपीपछिका बीपीका रूपमा परिचित छन् । उनी नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टीको राजनीतिमा उदाएका हुन् ।
    विश्वप्रकाश शर्माको बुबा पनि नेपाली कांग्रेसको राजनीतिमा थिए भने आमा शिक्षिका थिइन् ।

    राजनीतिमा विश्वप्रकाश शालीन, लगनशील र मेहनती मानिन्छन् । यद्यपि विश्वप्रकाशलाई आम निर्वाचन र पार्टीको निर्वाचन भने फापेन । उनी वैचारिक र लोकपिय नेता हुन् । निर्वाचनमा उनीमाथि पार्टीभित्रकै नेताहरूले घात–अन्तरघात गरेका थिए ।

    १३औं महाधिवेशनपछि विश्वप्रकाश शर्मालाई देउवाले प्रवक्ता नियुक्त गरे । उनले पार्टीको सञ्चार र प्रकाशन विभागको नेतृत्व गरेका थिए । आर्थिक–सामाजिक मुद्दामा स्पष्ट विचार राख्ने शर्माले नेपाली कांग्रेसको राजनीतिलाई सही ‘ट्रयाक’ मा ल्याउन भूमिका खेल्ने अपेक्षा उनका आम समर्थकमा देखिन्छ ।

    गगन र विश्वप्रकाश आपसमा अत्यन्त मिलनसार छन् । उनीहरू एकले अर्कालाई प्रशंशा गर्न र परिपूरकको काम गर्न चुक्दैनन् । गगन र विश्वप्रकाशको विजयले नेपाली कांग्रेसभित्र रूपान्तरणको एजेण्डाले प्राथमिकता पाउने र अनि पार्टीभित्र ध्रुवीकरण कम हुनेछ ।ई-कागज डट.कम  बाट साभार 

    Advertisement
    Advertisement

    Post Views: 17
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १ पुष २०७८, बिहीबार १६:३४ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई जना मानिस खाएको बाघ नियन्त्रणमा
    मनाङका घर–घरमा हाइब्रिड स्याउ
    पासोमा फसेको चितुवा मर्‍याे
    यो पनि हेर्नुहोस
    छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु
    सालकको खपटासहित एकजना पक्राउ
    रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

    • २. मनाङका घर–घरमा हाइब्रिड स्याउ

    • ३. पासोमा फसेको चितुवा मर्‍याे

    • ४. छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

    • ५. सालकको खपटासहित एकजना पक्राउ

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

    • ५. आज नागपञ्चमी पर्व मनाइँदै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology