कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुरू भएको मतगणनामा पाण्डेले प्रारम्भिक मत गणनामा अग्रता लिएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ११३ मतगणना हुँदा पाण्डेले ६४ मत ल्याएका छन्।
त्यस्तै, सहमहामन्त्रीका अर्का उम्मेदवार जीवनबहादुर शाहीले ४६ मत पाएका छन् भने चेतराज बजालले २ मत पाएका छन्।
डा.शेखर कोइराला टीमबाट पाण्डे, सभापति शेरबहादुर देउवा टीमबाट शाही र विमलेन्द्र निधि टीमबाट बजाल सहमहामन्त्रीका उम्मेदवार बनेका हुन्।
कांग्रेसका आठ वटा सहमहामन्त्रीमध्ये तीन वटाको बिहीबार मतगणना गरिएको थियो भने पाँच वटाको आज चलिरहेको छ। आज खस-आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रको क्लस्टरमा मतगणना भइरहेको छ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।