सुर्खेत। करिब एक महिना बन्द रहेको सुर्खेत विमानस्थल आजबाट संञ्चालनमा आउने भएको छ।
विमानस्थल धावनमार्ग मर्मतसम्भार सकिएसंगै गत मंसिर १० देखि बन्द रहेको विमानस्थल संञ्चालनमा आउने भहेको हो ।
नागरिक उड्डयन कार्यालय सुर्खेतले आजदेखि विहान साढे ६ बजे बाट १२ बजेसम्म विमानस्थल संञ्चालनमा आउने जानकारी दिएको छ ।
अझै पुर्णरुपमा विमानस्थल संञ्चालन हुन दश दिन लाग्ने नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख सोहन जोशीले जानकारी दिए ।
उनका अनुसार धावनमार्ग मर्मत भइरहेको भन्दै अझै एप्रोट र ट्याक्यिवय लगायतको काम सम्पन्न हुन बाँकी रहेको बताए।
प्रमुख जोशीले मर्मत सम्भारको सम्पुर्ण काम सकिए पछि विमान उडान र अवतरणमा सहज हुने विश्वास व्यक्त समेत गराएका छन् ।
सुर्खेत विमानस्थलको उडान बन्द भएपछि यसक्षेत्रका नागरिक नेपालगन्ज विमानस्थलको प्रयोग गर्दै आइरहेका छन् ।सुर्खेतबाट साविकको कर्णालीका जिल्लामा हुने उडानसमेत प्रभावित भएका थिए।
अहिले सुर्खेत–काठमाडौं बुद्ध एयरले मात्र नियमित एक उडान भर्दै आएको छ।हाल सुर्खेत विमानस्थल १२ सय ५५ मिटर लम्वाइ रहेको छ।