सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८०० ले घटेर ९३ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९३ हजार ३०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।