जनकपुर- जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।
विमलेन्द्र निधि र शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जित भएको हो।
आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको थियो ।
जसको हालसम्मको मतगणना परिणामअनुसार शुक्रबार बिहानै निधि(कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन्।
त्यसपछि अन्य पदाधिकारीको मतगणना गरिएको हो। शुक्रबार राति १० बजे सम्पन्न मतगणनाको नतिजाअनुसार उपसभापतिदेखि सहमहान्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका छन् ।
जसनअनुसार प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। त्यसैगरी महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्। सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन्।
यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादवको जित भएको छ।
कुन उम्मेदवारले कति मत ल्याएरु
उपसभापति
चन्द्रशेखर यादव – ८९५ विजयी
धनलाल ठोकर – ६३६
विनोदकुमार खनाल – ७४०
वीरेन्द्रप्रसाद सिंह – १०१९ विजयी
राधाप्रसाद यादव – १२४
महामन्त्रीका उम्मेदवार
उपेन्द्रकुमार यादव – ९५९ विजयी
नरेश यादव – ७७५
विनोद चौधरी – १९५
वृहस्पति कृष्ण श्रेष्ठ – ७८८ विजयी
हरेशप्रसाद महतो – ७०३
सहमहामन्त्री
अरविन्द अमात्य – २५७
जयनारायण प्रसाद यादव – ८७९ विजयी
नारायण चौधरि–६०१
परशुराम चौधरी – ८२२ विजयी
विनोदकुमार यादव – ६९१
रामनारायण महासेठ – ९७
सहमहामन्त्री महिला
बिन्दुकुमारी यादव – ८८९ विजयी
भीमादेवी शर्मा – ५३२
रीता यादव – १५६
रेखादेवी महरान – ७६