एजेन्सी- वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ ।
आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो ।
उनलाई विष नभएको सर्पले टोकेको बताएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज भएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।
सलमानको फार्म हाउस ठूलो रहेको छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् ।
उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन परेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।