• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

चर्चित

  • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

  • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

रामचन्द्र पौडेलले प्रकाशमान र शेखरसँग प्रतिशोध साँधेपछि नजिककाको पनि ‘राजनीति सकियो’ !

  •  राष्ट्रिय संञ्चार
  • १३ पुष २०७८, मंगलवार १०:३१ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । दुई दिन अघिसम्म सभापतिको दौडमा रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आफ्नै समूहका नेता प्रकाशमान सिंह र शेखर कोइरालाको अडानका अगाडी हार खाए । उनले अब कुनै बैठकमा नआउने ‘धम्की’ दिएर सिंह निवास चाक्सीबारीबाट बाहिरिए । प्रकाशमान सिंहले सहमति गर्नेभए आफ्नै नाममा गर्न अन्यथा प्रतिष्पर्धा गर्न चुनौती दिएपछि पौडेलको यो भनाइ आएको थियो ।

    एक दिनअघिसम्म शेरबहादुर देउवाको विकल्पमा फरक समूहको नेताका रुपमा वार्ता र सहमति गरिरहेका पौडेलले त्यसै दिनदेखि मैदान छाडे ।

    Advertisement

    पार्टी सभापति शेरबहादुर देउवाको विकल्प अनिवार्य भएको भन्दै आफूलाई सबैभन्दा उत्तम विकल्प प्रस्तुत गर्दै आएका उनले मैदान छाडेपछि भने विकल्प आवश्यकनै नभएको शैली प्रदर्शन गरे ।

    उनले महाधिवेशनको उद्घाटनसत्रमै अनुपस्थित हुने भन्दै वक्तव्यको पाठसमेत तयार पारेका थिए । तर, चौतर्फी दवाब पछि उद्घाटन सत्रमा सहभागी भएका उनी भोलिपल्ट ‘महाधिवेशनको कुनै पनि प्रकृयामा सहभागी नहुने’ भन्दै वक्तव्य जारी गरे ।

    सोही साँझ आफूले अनिवार्य विकल्प दिनुपर्ने भनेका शेरबहादुर देउवासँग एक घण्टा लामो भलाकुसारी गरे ।

    कांग्रेसका एक नेताका अनुसार पौडेलले ‘कांग्रेस नेताहरुमाझ मात्र होइन मिडियामा समाचारनै लेखाएर देउवाका पक्षमा माहोल सिजना गर्ने काम गरे’ ।

    Advertisement

    ती कांग्रेस नेताका अनुसार यति गरेपछि पौडेललाई लागेको रहेछ– पहिलो चरणमा देउवा सभापतिमा निर्वाचित हुन्छन् । त्यसको श्रेय लिनेगरि पौडेलले २८ गतेनै चियापान आयोजना गरेका थिए । उनको विश्लेषण फेल खायो ।”

    सभापतिमा पुनः निर्वाचन हुने भयो । तर, पौडेलले आफ्नो निर्धारित कार्यक्रम पछि सारेनन् । फलस्वरुप उनीनिकटहरुबाट उनीमात्र होइन सभापति शेरबहादुर देउवा समेत अपमानित भए । कार्यकर्ताले शेखरका पक्षमा उभिन सक्दो दबाब दिए । तर, उनले प्रतिक्रियामा ‘तपाईंहरुको दबाबले केही हुँदैन बरु नकारात्मक परिणामका लागि सहयोग पुग्न सक्छ’ भन्दै उल्टो चेतावनी दिए ।

    त्यतिबेला पनि पौडेल नजिकका नेताहरुको प्रतिक्रिया थियो ‘निष्ठावान भनेर पछि लागेको तर त्यस्तो देखिएन ।

    पौडेलको विरोधमा उत्रिएकी इलामकी नेविसंघ नेतृ प्रमिका राना पौडेल निकट विद्यार्थी नेताबाटै खप्की खान बाध्य भइन् ।

    रानाले भनेकी थिइन्, “हामी पौडेल भनेर धेरै अवसरहरुबाट वञ्चित भएका छौं । यही टिम भनेर कति ठाउँमा अपमानित भएका छौं । पौडेल चाहिँ दोस्रो चरणमा गएका आफू पक्षका उमेदवारको पक्षमा पनि नउभिने ? टिमका नाममा उहाँले हामीमाथि गरेको अन्याय होइन यो ?”

    जवाफमा पौडेल निकट विद्यार्थी नेताले उनलाई धम्क्याउने प्रयास गरेका थिए ।

    “एउटा नेताले विवेकको प्रयोग गर भन्न नपाउने ? शेखरलाई नै सहयोग गर्नुपर्छ भन्ने के छ ? शेखरबाहेक कोही कांग्रेस छैन ? तिमीहरुले जहाँ भन्यो नेता त्यहीँ उभिन्छन् नेता ?,” उनको जवाफ थियो

    यसो भनेपछि रानाले ‘सबै तपाईंको इच्छाअनुसार हुन्छ ? जहाँ पनि तपाईँ नै बन्नुपर्छ? तपाईंले भनेकै गर्नुस्  तर टिम भाँड्न नलाग्नुस्’ भन्दै आक्रोश पोखेकी थिइन् । दुईजनाको घम्साघम्सीपछि दुबैलाई युवाहरुले छुट्टाछुट्टै ठाउँमा लगेका थिए । तर, राना भने ‘जीवनभर निष्ठाको राजनीति भनेर देउवालाई बुझाउन गए हामी माथि अन्याय गरे’ भन्दै भीडमै आँशु बगाउँदै रोएकी थिइन् ।

    नेविसंघ नेतृ उर्मिला थपलियासहितले रानालाई ‘टिमले सक्काएका हामी यहीँ छौं नरोऊ’ भन्दै सम्झाउन थुप्रै समय लागेको थियो ।

    राना त देखिएकी पात्र मात्र हुन् । जो पौडेलको निष्ठामाथि विश्वास गरेर उनको टिममा आबद्ध भएकी थिइन् । त्यस्ता थुप्रै पात्रहरु कांग्रेसको केन्द्रीय राजनीतिबाटै पाखा लाग्न बाध्य भए, जो रामचन्द्र पौडेलको निष्ठामा विश्वस्त भएर उनको टिममा रहेका थिए ।

    पौडेलको निष्ठामाथि विश्वास गर्ने ठूलो समूह १४औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय राजनीतिमा पाखा परेको छ । पौडेलले १३औं महाधिवेशनमा ४० प्रतिशत मत ल्याउँदा उनको समूहको उपस्थिति ६४ निर्वाचितमा २८ थियो । जुन् ४३.७५ हुन आउँछ । तर, १४औं महधिवेशनमा शेखरले पाएको मत झन्डै ४१ प्रतिशत छ । तर प्रतिनिधित्व भने नराम्ररी खुम्चिएको छ ।

    पौडेल निकट भएर राजनीति गरेका अधिकांश पाखा परेका छन् । पौडेल भोट हाल्न नआउँदा उनका निकटस्थ मध्येका हृदयराम थानी त एक मतले पराजित भए । अर्को समूहबाट आकर्षक प्रस्ताव आउँदा पौडेलको निष्ठा भन्दै बसेका मनोजमणि आचार्य केन्द्रीय समितिमा छिर्नै सकेनन् । सहमहामन्त्रीका उमेदवार रामकृष्ण यादव, देवराज चालिसे, तेजुलाल चौधरी, विकास लामा, कमला पन्त उनकै अनुपस्थितिले थप कमजोर हुँदै पाखा लाग्न बाध्य भएको सो समूहमा रहेका एक नेता बताएँछन् ।

    थुप्रै नेताहरु छन् जसले पौडेल अनुपस्थित हुँदा अभिभावकविहीनताको महसुस गरेको उनको भनाइ छ ।

    सहमहामन्त्रीमा पराजित नेता रामकृष्ण यादव पौडेलको निष्क्रियताले नेतृत्व परिवर्तनको मुद्दामा ठूलो धक्का लागेको तर्क गर्छन् । पौडेल चुनावी मैदानमा उभिएको भए नतिजा अर्कै हुने बुझाइ उनको छ ।

    “यति लामो समय निष्ठा र त्यागको राजनीति भनेर उहाँ लागि पर्नुभयो । नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नु पनि भयो । तर, अन्तिम समयमा उहाँले खुट्टा टेक्न सक्नुभएन,” उनी भन्छन्,“टिमको नेता भएर अभिभावकत्व लिने बेला उहाँ चुक्नुभयो । हामीलाई घात गर्नुभयो ।” पौडेलको भूमिकालाई आगामी दिनमा गम्भीर समीक्षा हुँदै जाने यादव बताउँछन् ।

    पौडेलकै समूहमा रहेर मधेशी महिला तर्फबाट केन्द्रीय सदस्य लडेकी पूर्व केन्द्रीय सदस्य किरण यादव पराजित हुनुपर्‍यो । यस्तै प्रदेश १ तर्फबाट केन्द्रीय सदस्य लडेकी ताप्लेजुङ जिल्ला निर्वतमान सभापति लिला बोखिमका साथै प्रदेश १ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की पनि केन्द्रीय सदस्यमा पराजित हुनुपर्‍यो ।

    पौडेलकै कारण धादिङ जिल्लाका निर्वतमान सभापति रमेश धमला, संविधान सभा सदस्यहरु टिका लेप्चा, मोहन बराल, सकलदेव सुतिहार, राष्ट्रिय सभाकी पूर्वप्रमुख सचेतक अनिता देवकोटा, कांग्रेसभित्रका वौद्धिक नेताको छवि बनाएका लोकेश ढकाल पनि पाखा परे ।

    “उहाँ स्वतन्त्र बसेको होइन, तनहुँदेखि देशभरका रामचन्द्र पौडेल पक्षधर भनिएकाहरुले शेरबहादुर देउवाको प्यानललाई भोट हालेकै हो,” नेता लोकेश ढकाल भन्छन्,“निष्ठा भए शेरबहादुर देउवालाई जिताउन उहाँले भूमिका खेल्न हुन्नथ्यो ।”

    केन्द्रीय सदस्यमा पराजित नेता ढकाल रामचन्द्र पौडेलका कारण आफू जस्ता धेरै नेताहरुको राजनीतिक भविष्यमा गम्भीर धक्का लागेको तर्क गर्छन् ।

    यस्तै केन्द्रीय सदस्यमा पराजित पौडेल समूहका अर्का नेता मनोजमणि आचार्य पौडेलको अनुपस्थिति र निष्क्रियताले समूहका नाममा लडेर आएकाहरुलाई ‘टुहुरो’ बनाएको बताउँछन् ।

    “फिल्डमा देशैभरि शेरबहादुर र रामचन्द्र टिम भनेर प्रतिनिधिहरु आएका थिए । धेरै जना उहाँको निष्ठाका नाममा वडामै समाप्त भएका थिए । तर, अन्तिम घडीमा उहाँ लड्न सक्नुभएन र एउटालाई लडाउन पनि सक्नुभएन,” आचार्यले भने,“महाधिवेशनको प्रकृयाबाटै बाहिरिए भनेर उहाँ निष्क्रिय बस्दा असंख्य मानिसहरुलाई आघात पुगेको छ ।”

    राजनीतिको टाकुरामा पुगिसकेको व्यक्तिको विषयमा भविष्यलेनै समीक्षा गर्ला अहिले टिप्पणी नगरौँ भन्ने उनी आफू भने मर्माहत छन् ।

    पूर्व केन्द्रीय सदस्य, रामकुमार चौधरी उनी निकट अन्य नेताहरुमा कृष्ण आमात्य, विष्णुदेवी आमात्य, विष्णुदेवी पुडासैनी, मोख्तार अहमद, विजुला वर्मा, रुक्मिणी कोइराला, उमा दाहाल, किरण कोइराला, टेकराज पौडेल, प्रमोदहरी गुरागाईं, मथुराप्रसाद घिमिरे, मोहन बराल, यज्ञबहादुर थापा, लक्ष्मण बस्नेत, शारदा पौडेल, सुवास पोखरेल, हरिप्रसाद नेपाल,हस्तबहादुर मल्ल लगायतका नेताहरु पनि पाखा लागेका छन् । १२खरी बाट  

    Advertisement
    Advertisement

    Post Views: 47
    १३ पुष २०७८, मंगलवार १०:३१ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द
    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    यो पनि हेर्नुहोस
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • २. नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    • ३. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ५. कक्षा १२ को परीक्षा आजदेखि

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. सुर्खेतमा गर्मी बढ्न थालेपछि विद्यालयहरू एक साताका लागि बन्द

    • ५. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology