• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

बाजुरामा हिमपात भएपछि शिक्षण संस्था बन्द

  •  राष्ट्रिय संञ्चार
  • १४ पुष २०७८, बुधबार १३:५४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    बाजुरा-  तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ । हिमपातसँगै जिल्लामा जाडो बढेको छ ।

    हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

    Advertisement

    जिल्ला सदरमुकाम मार्तडीसहित यहाँका नौवटै पालिकामा हिमपात भइरहेको छ । हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीय बढी प्रभावित बनेका छन् । त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन् ।

    यसैगरी लामो समयदेखि सुक्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहुँबालीमा राहत पुगेको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको कृषकले बताएका छन् । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो ।

    जिल्लाका बडीमालिका बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यति बेला पुस महिनाको मध्यतिर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमूल गाउँपालिका, त्रिवेणी नगरपालिकाका केही स्थानमा हिउँ पर्न थालेपछि गाईबस्तुलाई पानी खुवाउनसमेत समस्या भएको छ । जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएको छ । तीनदेखिको मौसम बदलीसँगै पानी पर्न थालेपछि यहाँका शैक्षिक संस्था बन्द भएका छन् ।

    लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएकाले शैक्षिक संस्था बन्द भएका हुन् । यहाँका कतिपय शैक्षिक संस्थाले सञ्चालन गरेका परीक्षासमेत प्रभावित बनेका छन् । गए रातिदेखि हिमपात सुरु भएपछि विद्यालयमा बालबालिका आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले जनारी दिएका छन्   ।

    Advertisement

    जाडोका कारण बालबालिका बिरामी हुनसक्ने भएकाले हिमपात नरोकिएसम्म विद्यालय बन्द हुने प्रधानाध्यापक पाध्यायले बताए।

    जिल्लामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी शिकारी बढ्ने भएको छ । हिमपातका कारण जङ्गली जनावर न्यायो खोज्दै बेसीमा आउने गरेकाले स्थानीयले भाला छुरालगायतका साधनले मारेर सिकार गर्न गरेका छन् । लेकाली भेगमा रहेका हरिण, मृत, रतुवा, कालिज घोरललगायतका जङ्गली जनावरको सहजैरुपमा उनीहरुले चोरी शिकारी गर्ने गरेका छन् ।

    हिमपात भएपछि स्थानीयले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका छन् । यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमूल, बडीमालिका, त्रिवेणीलगायतका पालिकामा स्थानीयले जङ्गली जनावरको चोरी सिकार गर्ने गरेका हुन् । जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ । सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपछि हिमाली तथा पहाडी जिल्लाका स्थानीयले लुकीछिपी जङ्गली जनारको सिकार गर्न छोडेका छैनन् । हिमपात भएपछि घरै जङ्गली जनावर वास खोज्दै आउने गरेकाले सिकार गर्न झन् सहज हुने गरेको छ । जङ्गली जनावरको चोरी शिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको छ ।रासस

    Advertisement
    Advertisement

    Post Views: 32
    १४ पुष २०७८, बुधबार १३:५४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology