काठमाडौं । प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक तर्फका सबै उडान स्थगित भएका छन् ।
बुधबार साँझ ४ बजेबाट उडानहरु रद्द भएको सम्बन्धित वायुसेवाहरुले जानकारी दिएका छन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै आजका लागि निर्धारित रात्रिकालीन उडान स्थगित भएको जानकारी दिएका हुन् ।
खराब मौसम र विमान स्थलहरुमा कम भिजिबिलिटीका कारण उडान अवतरण प्रभावित भएको कम्पनीहरुको भनाइ रहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।