सुर्खेत- अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत विद्यार्थीले आज वीरेन्द्रनगरमा टर्च बालेर आन्दोलन गरेका छन्।
गठबन्धन सरकारले अहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र स्थानिय चुनाव सार्न खोजेको भन्दै आन्दोलन गरेको अनेरास्ववियु केन्द्रीय समिति सदस्य तथा कर्णाली प्रदेश सचिव धुपेन्द्र शाही बताएका छन् ।
कार्यक्रम बोल्दै शाहीले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनु पर्ने र स्थानिय चुनावको मिति तोक्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा सहभागीहरु सत्य शाही ,म.प.वि ईन्चार्ज प्रेम खड्का ,पदम सुवर्णकार ,सरोज न्यौपाने आशिष् आचार्य लगाएतको उपस्थिति थियो। कार्यक्रमको आयोजना अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेत कमिटिले गरेको थियो ।
आन्दोलन मध्यपश्चिम विश्वविद्यालय बाट सुरु गरेर वीरेन्द्र चाेकमा पुगि काेण सभामा परिणत भएको थियाे ।