• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

  •  राष्ट्रिय संञ्चार
  • १२ माघ २०७८, बुधबार १६:०७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पु¥याए । सुन्तला टिपेर पोखरा पु¥याएका खड्काको हातमा यस वर्ष चार लाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले चार लाख बचत गरे ।

    सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए । “सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो ६० देखि ६५ सम्म पर्छ, पोखरा लगेपछि १२० सम्ममा बिक्री गरेको छु”, खड्काले भने, “यसपटक गत वर्षभन्दा एक लाख बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।” खड्काले बगैँचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाए ।

    Advertisement

    यस्तै सिगानाकै अर्का किसान रामबहादुर खड्काले यस वर्ष बोटबाटै दुई लाखको सुन्तला बिक्री गरेको छ । उनले गत वर्षको तुलनामा औसा किराको प्रभावले केही कम उत्पादन भएको जानकारी दिए । “गत वर्ष साढे दुई लाख हात परेको थियो, नयाँ उत्पादन दिने बिरुवासहित यस वर्ष रु तीन लाख हात पार्ने लक्ष्य हो, तर औसा किरा र वर्षात्को समयमा फूल झर्दा दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ”, खड्काले भने ।

    खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यवसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरुले यस वर्ष झण्डै साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिए ।

    “सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका बिरुवा थप भएका छन्”, वडाध्यक्ष जिसीले भने, “बागलुङ नगरपालिकाले उब्जानी अनुदानवापत यो आर्थिक वर्षमा सिगानाका किसनाले ६ लाख अनुदानसमेत पाएका छन्, नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक पाँच करोडको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यस वर्ष साढे दुई करोड रकम सुन्तला बिक्री गरेर सिगानाका किसानले भित्र्याएका छन् ।” खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुन्तला फलाउन कम्तीमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीका आधारमा उब्जनी अनुदान दिँदै आएको छ ।

    यस वर्ष तीन करोडको सुन्तला बिक्री गर्ने किसानको लक्ष्य रहे पनि अत्यधिक वर्षा र औसा किराको समस्याले ५० लाखको उत्पादन घटेको छ । सिगानाका सयभन्दा बढी किसनाको बगैँचामा बढीमा २०० देखि घटीमा १० बोटसम्म उत्पादन दिने सुन्तलाका बोट छन् । उनीहरुले सुन्तला खेतीतर्फ आकर्षण बढेपछि खेत तथा कोदो बारी मासेर धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् ।

    Advertisement

    यस वर्ष बागलुङ नगरपालिकाले दुर्ई हजार सुन्तलाका बिरुवा र दुई हजार कागतीका बिरुवा अनुदानमा वितरणसमेत गरेको थियो । सिगाना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला पकेट क्षेत्रका रूपमा समेत समावेश भएको छ । सिगानामा कोरोनाअघि वार्षिकरूपमा सुन्तलाको प्रवद्र्धन र विकासका लागि सुन्तला उत्सवसमेत आयोजना हुँदै आएको थियो । कोरोनाका कारण दुई वर्षदेखि सुन्तला उत्सव हुनसकेको छैन । सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यसको माग उच्च छ ।

    Advertisement

    Post Views: 5
    १२ माघ २०७८, बुधबार १६:०७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. सोमबार सन्दीप पाकिस्तान जाने

    • ५. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology