• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनसहित एक पक्राउ

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

भरतपुरमा रेनुको अग्रता कायमै

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

ए चिलगाडी हाम्रा बाआमालाई घर पठाइदे : दुई बालकको चित्कार

  •  राष्ट्रिय संञ्चार
  • १४ माघ २०७८, शुक्रबार ०७:०७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    दैलेख- दैलेख ठाटिकाँध गाउँपालिका–१ सिराडीका विनोद विक र हिमाल विकले बालकपनमै आमाबाबु गुमाए । २०७३ मा आमा रंगा विकको सुत्केरी हुन नसक्दा मृत्यु भयो । त्यसको तीन वर्षपछि २०७६ मा बाबु चक्रबहादुर विकले पनि जन्डिसले यो धर्ती छाडे । यी टुहुरा बालक अहिले ७५ वर्षीय हजुरबाको आश्रयमा छन् ।

    आमाको मृत्युको प्रसंगले विनोदलाई बेलाबेलामा झस्काउँछ । आमाले तेस्रो सन्तान पाउने कुराले विनोद खुसी थिए । व्यथा लागेपछि आमा प्राथमिक स्वास्थ्य केन्द्रमा ठाटीकाँध पुगिन् । बच्चा उल्टो भएको भन्दै ठाटीकाँधले अन्य अस्पताल रिफर ग¥यो ।

    Advertisement

    अन्य अस्पताल जाने पैसा नहुँदा प्रसव पिडामा रहेकी रंगा दुई दिनसम्म स्वास्थ्य केन्द्रमै छटपटाई रहिन् । गाउँका साहु महाजनबाट ऋण बटुलेर रंगालाई दुई दिनपछि मात्र सुर्खेत अस्पताल लगियो । अस्पताल जाने क्रममा प्रदेश अस्पतालको गेटमा पुग्नेबित्तिकै उनले प्राण त्यागिन् । आमाको मृत्यु हुँदा विनोद चार वर्षका थिए भने हिमाल दुई वर्षका ।

    बच्चा जन्माउन स्वास्थ्य केन्द्रमा पुगेकी आमा उतै अस्ताए पनि विनोद र हिमाललाई आमा आउने आश मरेको छैन । ‘आमा मरेकी छैनन्, उपचारमै छिन् । सन्चो भएपछि आउँछन्,’ विनोद भन्छन् ।

    ७५ वर्षीय हजुरबा किर्थे कामी नाबालक नातिहरूको कुराले भावुक बन्छन् । गहभरि आँसु बनाउँदै उनले भने, ‘चाडपर्वमा अरूको घरमा आमाबाबु जम्मा भएको देख्दा हाम्री आमा कहिले आउँछिन् भनेर सोध्छन् । त्यसबेला मन नै थाम्न सक्दिनँ ।’

    आकाशमा हवाइजहाज उडेको आवाज सुन्नेबित्तिकै विनोद र हिमाल चिच्याउँदै भन्छन्, ‘हाम्रो बाआमालाई घर पठाइदे है चिलगाडी ।’

    त्यसो त त्यस भेगमा बाबुआमा कामका लागि अन्यत्र गएपछि घरमा भएका सन्तानले उडिरहेको हवाइजहाज देखेपछि त्यही भन्छन्, ‘हाम्रो बाआमालाई घर पठाइदे है ।’

    गाउँका अन्य बालबालिकाले भनेको सुनेपछि उनीहरूले पनि त्यसैको सिको गरेको हजुरबा किर्थेको भनाइ छ ।

    बालकको घरनजिकै ठाटीकाँध मटटेला सडक छ । सडकमा सवारी साधनको आवाज सुन्नेबित्तिकै यी दाजुभाइ दौडेर मोटर छेउमा पुग्छन् । बसमा भएका यात्रुलाई नियालेर हेर्छन्, आफ्ना बा आमा भेटिन्छन् कि भनेर । हजुरबा किर्थे गहभरि आँसु बनाउँदै भन्छन्, ‘भगवान् पनि निष्ठुरी रहेछन् । यिनका कुरा सुनेनन् ।’

    अहिले यी दुई बालकलाई खाना लाउन समस्या भएको हजुरबा किर्थेको भनाइ छ । विद्यालय त जान्छन् । न झोला छ । न त कापी कलम । शरीरमा एकसरो कपडाबाहेक अरू केही छैन । बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । सधैं अरूको काम गरेर जीवनयापन गर्दै आएका हजुरबुबा वृद्ध भएकाले पहिले जसरी काम गर्न सक्दैनन् । सामाजिक सुरक्षाबापतको भत्ताले तीन जना परिवारको गुजारा जसोतसो चलेको हजुरबा किर्थेको भनाइ छ ।

    राजधानी दैनिक  बाट 

    Advertisement

    Post Views: 3
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १४ माघ २०७८, शुक्रबार ०७:०७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसहित एक पक्राउ
    जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु
    जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा
    भरतपुरमा रेनुको अग्रता कायमै
    कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनसहित एक पक्राउ

    • २. जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

    • ३. जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

    • ४. काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

    • ५. भरतपुरमा रेनुको अग्रता कायमै

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology