• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

बाढी पीडित भन्छन् : ‘न राहत पाइयो न जग्गा रह्यो’

  •  राष्ट्रिय संञ्चार
  • १४ माघ २०७८, शुक्रबार १४:११ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- २०७७ साल भदौ २ गते अछामको कैलाश खोलामा आएको बाढीले ठूलो जनधनको क्षति ग¥यो । बाढीका कारण १८ जनाको ज्यान गयो भने सयौँ परिवार पूर्णरुपमा विस्थापित भए ।

    सङ्घ तथा प्रदेशका मन्त्रीलगायत यस क्षेत्रबाट निर्वाचन सङ्घ, प्रदेशका जनप्रतिनिधिहरुको केन्द्र बन्यो रामारोशन गाउँपालिका । सबभन्दा  बढी क्षति भएको रामारोशनमा तत्कालीन सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्रीले स्थलगत प्रभावित क्षेत्रको अनुगमनसमेत गर्नुभए पनि अहिलेसम्म पीडित परिवारले सरकारबाट एक केजी चामलसमेत नपाएको गुनासो गर्दै आएका छन् ।

    Advertisement

    तत्कालीन गृहमन्त्री, प्रदेशका मुख्यमन्त्री लगायतको टोली हेलिकप्टर नै लिएर बाढी प्रभावित क्षेत्रमा पुगेका थिए । रामारोशन–५ मा सबभन्दा बढी क्षति भएका पीडित र मृतकका परिवारहरुले केही राहत पाए पनि दर्जनौँ स्थानीयवासीले लगाएको धानबालीसहित खेतीयोग्य जमिन बगर बन्दा पनि कुनै राहत पाउन सकेका छैनन् ।

    रामारोशन–१ का वेदराज खनालको कैलाश खोला किनारमा रहेको आधाभन्दा बढी खेत बगर बन्यो । परिवारको खाद्यान्नका लागि मुख्य स्रोत रहेको खेत नै बगर बनेपछि अहिले परिवार पाल्न नै खनाललाई निकै चुनौती छ । “खेतमा २० देखि २२ क्विन्टल धान मात्रै फल्थ्यो । गत वर्षको बाढीले अधिकांश खेत बगर भएपछि अहिले के खाने भन्ने चिन्ता बढ्दै गएको छ,” उनले भने,  “अहिलेसम्म त पुरानो अन्न पनि भण्डार थियो, त्यसैले परिवारलाई खानको समस्या भएन । अब भने चिन्ता बढ्दै गएको छ ।”

    सोही ठाउँका भक्तप्रसाद खनालको ४० क्विन्टल धान फल्ने अधिकांश खेत बगर बन्यो । नदी किनारमा रहेको खेत बगर बनेपछि उनलाई पनि चिन्ता खानैको छ । आम्दानीको मुख्य स्रोत नै त्यहीँ खेत भएका भक्तप्रसाद आफ्नो आम्दानीको स्रोत नै गुमेको बताए । बालबालिकाको पढाइ लेखाइदेखि घरको सबै खर्च धान्ने खेत बगर बनेपछि निराश भएका भक्तप्रसाद राज्यबाट थुप्रै आश्वासनहरु आए पनि ती आश्वासन पूरा गर्न कोही फर्केर नआएको गुनासो गरेका छन्  । “सबैले आश्वासन दिएर केही दिनमै राहत दिन्छौँ भनेर गएका थिए । राहत ल्याएर कोही फर्किएन । गाउँपालिकाले क्षतिको लगतसमेत सङ्कलन ग¥यो तर त्यसको कुनै अर्थ भएन,” उनले भने , “एकातिर बाढीले खेतीयोग्य जमिन लग्यो । अर्कोतिर नदीकै कारण पहिराले मलाता गाउँ नै जोखिममा छ । घर छोडेर जानसक्ने ठाउँ पनि कतै छैन ।”

    रामारोशन गाउँपालिकाले बाढीका कारण क्षति भएको क्षेत्रको तथ्याङ्क समेत सङ्कलन गरेको थियो । त्यो तथ्याङ्क सङ्कलनमै सीमित भएको स्थानीयवासी सुरत विक बताउछन्  ।

    “गत वर्षको बाढीका कारण गजड बजारसम्म जोखिममा छ । किसानहरुले निकै मिहिनेत गरेर बनाएका खेतहरु बगर बनेका छन्,” उनले भने, “तिनै तहको सरकारले ठूलो तामझामका साथ अनुगमन गरेको क्षेत्रमा डेढ वर्ष बितिसक्दा पनि सरकारले कुनै प्रतिक्रिया दिनसकेको छैन ।”

    बान्नीगढी जयगड गाउँपालिका–६ पाटेखेतमा २५ देखि ३० परिवार बसोबास गर्दै आएका छन् । गत वर्षको बाढीको कटानले खोला स्थानीयवासीको घरको आँगन हुँदै बगिरहेको छ । वर्षातको समयमा बढी वर्षा भएको दिन घर छोडेर भोग्नुपर्ने अवस्थाको सिर्जना भएको झनक थापाले बताए। “राज्यसँग कि त खोलामा तटबन्ध नभए बस्ती स्थानान्तरणका लागि माग गर्दै आएका छाँै । त्यसको सुनुवाइ अझै हुन सकेको छैन । हिउँदमा कतैबाट तटबन्ध बन्छ कि भन्ने आशले बित्छ भने बर्सातको समयमा कैलाश खोलाको भेलसँग जान्छौँ कि भन्ने चिन्ताले । झनकले भने, “एकातिर खेतीयोग्य जमिन बगर बनेका छन् भने अर्कोतिर बस्ने घर नै जोखिममा पर्दा निकै विचलित अवस्थामा कष्टकर जीवन बिताउनुपरेको छ ।”

    सोही क्षेत्रका चक्र थापाले घर कैलाश खोलाको जोखिममा परेको बन्दै आफू त्यो ठाउँबाट स्थानान्तरण भएर सुरक्षित ठाउँमा घर निर्माण गर्न लागेको बताए । “सरकारले सहयोग गर्ला भन्ने आश मरेपछि म आफँै सुरक्षित ठाउँमा घर निर्माण गर्न लागेको हुँ,” उनले भने, “मसँग आम्दानीको स्रोत भएका कारण सहजरूपमा जग्गा किनेर घर लगाउन सके पनि अरूले त्यो गर्न सम्भव छैन र यस्तै अवस्थामा त्यो ठाउँमा बस्न सक्ने अवस्था पनि छैन ।”

    उनले स्थानीय सरकारमार्फत पटकपटक प्रदेश र सङ्घीय सरकारलाई घरबास जोगाउनका लागि आग्रह गर्दासमेत सुनुवाइ नभएको बताए । रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउँदले गत वर्षको बाढीका कारण विस्थापित भएका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको बताउँदै घरवारविहीन भएका परिवारको घर निर्माणका लागि ५० परिवारका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट पहिलो चरणमा ५० हजारका दरले रकम उपलब्ध गराएको बताए। “हामीले सङ्घ र प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै आएका छौँ । जसरी समन्वय सङ्घ र प्रदेश सरकारले गर्नुपथ्र्यो त्यो भने हुनसकेको छैन,” उनले भने, “एकैपटक सबै कुरा हुन सक्दैन । स्थानीय सरकार बस्ती विस्तार र राहतको विषयमा निकै गम्भीर छ ।”

    बान्नीगढी जयगड गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले पाटेखेत गाउँ कैलाश खोलाको उच्च जोखिममा परेको बताउँदै गाउँपालिकाको बजेटबाट कुनै पनि काम सम्भव नदेखिएको बताए । “बस्ती निकै जोखिममा छ । बस्ती स्थानान्तरण गर्ने कि खोलामा तटबन्ध बस्ती बचाउने भन्ने कुरा मुख्य हो । तर गाउँपालिकाको बजेटले त्यो सम्भव छैन,” उनले भने, “प्रदेश र सङ्घीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि कुनै प्रतिक्रिया दिएको छैन । बस्ती निकै जोखिममा छ । त्यहाँ तटस्थ तत्काल गर्न आवश्यक  देखिन्छ ।”

    बाढीका कारण जयगड–माझेठाना –रामारोशन सडक खण्डको खोला किनारको भागमा बाढीले क्षति पु¥याउँदा अहिले पनि यातायातको आवागमन सहज हुन सकेको छैन भने निर्माण कम्पनीले काम गर्नसक्ने वातावरणसमेत बनिसकेको छैन ।रासस

    Advertisement

    Post Views: 1
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १४ माघ २०७८, शुक्रबार १४:११ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स
    स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन
    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु
    यो पनि हेर्नुहोस
    सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
    काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि
    नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology