पाल्पा- पाल्पाको रिब्दीकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।घाइते आठ जनालाई भने उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले जानकारी दिए । घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०:३० बजे भएको बताइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।