• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

प्रेस स्वतन्त्रता हननका घटना गत वर्ष भन्दा यस वर्ष बढ्यो

  •  राष्ट्रिय संञ्चार
  • १८ पुष २०७८, आईतवार १४:५७ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- पछिल्लो समयमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दै गएका छन् । तुलानात्मक रूपमा यसवर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासङ्घले बताएको छ  ।

    महासङ्घको अभिलेखानुसार सन् २०२० मा ५२ प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११:०० बजेसम्म ६२ प्रेस स्वतन्त्रता हननका घटना भएका छन् ।

    Advertisement

    उक्त घटनामा १९० पत्रकार पीडित भएका र चार सञ्चारमाध्यम प्रभावित हुन पुगेको महासचिव रोशन पुरीले जानकारी दिए । यसवर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना भएको र पेशागत असुरक्षाका १० घटना भएको महासङ्घको अध्ययनले देखाएको छ । त्यसैगरी कब्जा र अवरोधका १० घटना भएका छन् भने पत्रकार आक्रमणका पाँच घटना भएका छन् ।

    यसैगरी पत्रकार गिरफ्तारीका चार घटना छन् भने नीतिगत बन्देजको एक घटना भएको महासङ्घको अभिलेखमा छ । नेपाल प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देलले संविधानमा व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको पूर्ण रुपमै कार्यान्वयन गरेको खण्डमा प्रेस स्वतन्त्रता हननका घटनामा कमि आउने धारणा राखेका छन्  ।

    समग्रमा यस वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार सङ्कलनका क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेका छन् । भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको हो  । विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार सङ्कलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकार घाइते हुन पुगेका छन् । यस वर्ष सार्वजनिक कार्यक्रमका समाचार सङ्कलनमा पत्रकारलाई रोक लगाउने कामले निरन्तरता पाएको छ ।

    संसद्, संसदीय समितिका बैठक, मन्त्रीको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार सङ्कलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने गरिएको छ । प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले निर्माणका क्रममा रहेका आमसञ्चारसँग सम्वन्धित ऐन÷कानून, मस्यौदालाई सम्बन्धित निकायको सुझावका आधारमा संशोधन वा परिमार्जन गरी ल्याउनुपर्ने र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

    Advertisement

    यसवर्ष सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुन बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएका छन् । संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन ती कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाई समेत चुनौती थपिदिएको महासङ्घको भनाइ छ ।

    “कोरोना भाइरसको सङ्क्रमणबाट यस वर्ष पनि पत्रकार प्रभावित भएका छन्, महामारी सुरु भएसँगै अहिलेसम्म २६ पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन, त्यसमध्ये सन् २०२१ मा २१ पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको छ”, महासचिव पुरीले भने ।

    यता ‘फ्रिडम फोरम’ नामक संस्थाले तयार पारेको वार्षिक मिडिया प्रतिवेदनअनुसार भने प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी देखाएको छ ।  सो संस्थाका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा कमी आएको छ । सन् २०२० मा ९६ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घटेकामा सन् २०२१ मा सो सङ्ख्या ५९ रहेको छ ।

    त्यसैगरी यस वर्ष कोरोना महामारीको बहानामा पत्रकारको पेशागत सुरक्षा प्रभावित हुन पुगेका छ । एक वर्षको अवधिमा कोरोना भाइरसको बहाना देखाएर विभिन्न सञ्चारगृहबाट ३५० पत्रकारलाई नियमित तलब नदिने, बेतलबी बिदामा राख्ने र जागिरबाट निष्काशन गर्ने काम भएको छ । त्यसमध्ये झण्डै ३०० पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० पत्रकारको समस्या समाधानका लागि महासङ्घले कानूनी तथा दबाबमूलक पहल गरिरहेको छ ।रासस

    Advertisement
    Advertisement

    Post Views: 0
    १८ पुष २०७८, आईतवार १४:५७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology