• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

किन मनाइन्छ ‘अप्रिल फूल’?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

पश्चिमी वायुको प्रभावले वर्षा

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

चर्चित

  • १. पश्चिमी वायुको प्रभावले वर्षा

  • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

  • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

  • ४. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मनाङको विकास निर्माणमा मौसम बाधक

  •  राष्ट्रिय संञ्चार
  • १९ पुष २०७८, सोमबार १५:१७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    मनाङ- अधिकांश स्थानमा गर्मी मौसममा विकास निर्माणका काम गरिन्छ । कुनै स्थानमा गर्मी लाग्ने अवस्थामा केही विकासका काम गरिन्छन् । हिमाली जिल्ला मनाङमा न गर्मीमा न हिउँदमा विकास निर्माणका काममा कठिनाइ हुने गरेको छ । जाडो मौसममा यहाँको विकास निर्माण पूर्ण रुपमा प्रभावित हुँदैआएको छ ।

    यसपटक गर्मीमा मौसम परिवर्तनका कारण बाढीपहिराले समस्या निम्त्याइरह्यो । हिउँद लाग्नासाथ मौसम बद्लिएर हिमपात सुरु भयो । हिमपातसँगै निर्माण कार्य प्रभावित भएको छ ।

    Advertisement

    प्रकृति नै बाधक बन्दा यहाँको विकासमा बाधा पुगेको छ । बाढीपहिरो खस्न छाडेपछि केही विकासका काम थालिए पनि त्यसले निरन्तरता पाउन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

    यहाँको विकास गर्न प्रकृति नै बाधक बनेको छ । दुवै मौसममा निर्माण कार्य गर्न सकिँदैन । केही समय काम गर्न सुरुआत मात्रै गर्ने र पूरा गर्न नपाउँदै अर्को मौसम सुरु हुन्छ जसले निर्माणको काम गर्नसक्ने अवस्था हुँदैन,ु उनले भने । मनाङको प्रवेशद्वार नासों गाउँपालिकाको धारापानीसम्म मात्रै सवारी आवतजावत हुने गरेको आचार्य बताउँछन् ।

    हिउँदमा विकास निर्माण गर्नुपर्ने भए पनि त्यसो गर्न नसकिएको उनको भनाइ छ । गर्मीमा बाढीपहिरोले सामग्री ढुवानी हुन नसक्दा निर्माण कार्य हुन नसकेको र हिउँदमा हिमपातले सवारीसाधन आवतजावत हुन नसक्दा निर्माण कार्य हुन नसकेको प्रजिअ आचार्यले बताए । उनी भन्छन्, हिउँद सुरु भएसँगै हिमपातले सवारीसाधन आवतजावत रोकियो । विकास निर्माणका काम रोकिए । विकास निर्माणमा आवश्यक सामग्री ल्याउन नसकिने र ल्याएर राखिएका सामग्री हिमपातले जमेर काम नलाग्ने भएका छन् । विकास निर्माणले कहिले गति लिने यस्तो अवस्थामा

    गर्मीमा बाढीले भत्किएको पुल मर्मत गर्न थालिए पनि अझै पूरा भएको छैन । पुल निर्माणार्थ आवश्यक पर्ने सामग्री ढुवानी गर्न नसक्दा अहिलेसम्म पुल मर्मतको काम अलपत्र छ । बाढीले भत्किएका सामुदायिक एवं व्यक्तिगत आवास निर्माण गर्न सकिएको छैन । हिमपातले सामग्री मनाङसम्म ल्याउन मुस्किल पर्ने हुँदा अलपत्र परेको प्रजिअ आचार्य बताउँछन् ।

    Advertisement

    माथिल्लो मनाङ, नार्पाभूमि गाउँपालिकाको नार, फु गाउँलगायत सदरमुकाम चामेसम्म सवारीसाधन आउन चल्न सकेको छैन । हिउँदमा हिमपातले गर्दा करिब तीन महिनासम्म सवारी आवतजावत हुँदैन । हिमपातले पुरिएको स्थानमा हिउँ फालेर मात्रै बाटो पहिल्याउन सकिन्छ । यस्तो अवस्थामा विकास निर्माणको काम गर्नसक्ने अवस्था छैन, उनले भने । विगतका वर्षहरूको तुलनामा यस वर्ष मनाङमा बाढीपहिरोले भौतिक संरचनामा क्षति धेरै पुर्‍याएको छ । बाढीपहिराले क्षति पुर्‍याएका भौतिक संरचना निर्माणको काम अलपत्र नै छन् । दुवै मौसममा निर्माणको काम गर्न नसक्दा अहिलेसम्म मनाङका धेरै भागसम्म सडकको व्यवस्थापन राम्रो बनाउन सकिएको छैन ।

    Advertisement
    Advertisement

    Post Views: 11
    १९ पुष २०७८, सोमबार १५:१७ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
    किन मनाइन्छ ‘अप्रिल फूल’?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    यो पनि हेर्नुहोस
    पश्चिमी वायुको प्रभावले वर्षा
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

    • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

    • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    • ४. पश्चिमी वायुको प्रभावले वर्षा

    • ५. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. नेपाल यूएईसँग ६८ रनले पराजित

    • ५. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology