काठमाडौं- मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ९०० रुपैयाँले नै घट्दै ९१ हजार ७०० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।