दैलेख- दैलेखमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । भने आठ जना घाइते भएका छन् ।
भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना भएको हो ।
लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका-११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे तिर दुर्घटनामा परेको थियो । दुर्घटनामा जिप चालक भगवतिमाई – १ का करिब ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिएका छन् ।
उनका अनुसार जिपमा सवार आठ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ। जिप दुर्घटना हुनको कारण भने खुल्न सकेको छैन।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।