• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

थारु समुदायमा माघी पर्वको तयारी

  •  राष्ट्रिय संञ्चार
  • २१ पुष २०७८, बुधबार १४:४३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    दाङ – दाङ घोराही–९ का खुशीराम चौधरी यतिखेर निकै व्यस्त छन् । नजिकँदो माघी पर्वका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न उनी दैनिक जङ्गल धाउन थालेको छ ।

    “तीन दिन भयो, जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेको छु । दुनाटपरी लगाउनुछ”, उनले भने, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”

    Advertisement

    घोराहीका भुवन चौधरीले भुवन चौधरीले पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त छन् । “माघी हाम्रो प्रमुख पर्व हो । हाम्रा लागि यो नयाँ वर्षको शुरुआत हो । यस समयमा हामी खानपान, रमाइलो मात्र होइन, वर्षभरि गर्ने कामको योजना बनाउने काम गर्छौं”, उनले भने, “यससँगै हामी माघीमा खानपान र रमाइलो गर्ने गर्दछौँ । यो समयमा थारु संस्कृति झल्कने नाचगान गर्ने गरिन्छ ।”

    माघी थारु समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले पर्व मनाउन लागि एक साता अघिदेखि नै तयारी शुरु गरिएको छ । माघीका लागि आवश्यक पर्ने जिता खोज्ने, खाने मानिसको सूची बनाउनेलगायतका तयारी भइरहेको घोराही माघी महोत्सव आयोजक समितिका संयोजकसमेत रहेका चौधरीले बताए ।

    दाङका थारु बस्तीमा अहिले माघी पर्वको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल बढेको हो । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा ९अगुवा० को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । माघी नजिएकाले थारु बस्तीमा अहिले दाउरा सङ्कलन, पात टिपेर दुनाटपरी बनाउने, कुटानी पिसानीलगायतका कार्य धमाधम भइरहेका छन् ।

    यतिखेर गाउँगाउँमा रातभर आगो बाल्ने चलन अनुसार दाउरा सङ्कलन, धान, चामल कूटानपिसान, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त छन् । माछा मार्ने, ढिर्की, रोटी पकाउने, अनदीको विशेष झोल, ९जाँड०अनदीको रोटी, भातलगायत विशेष मीठा मीठापरिकारको जोहो माघमा गर्ने चलन छ ।

    Advertisement

    “यतिखेर थारु बस्तीका सबै व्यस्त छन्, सबैको घरमा माघीको तयारी शुरु भएको छ”, संयोजक चौधरीले भने, “माघी पर्वले थारु बस्तीमा रौनक ल्याउँछ । नयाँ जोश र उमङ्गका साथ मनाइने यो पर्वमा व्यस्तता हुनु सामान्य हो ।” माघिको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरि मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।

    खिचडीमा मासको दाल, चामल र नून राखिएको हुन्छ । यो खिचडी पूर्खा, देवीदेवता र चेलीवेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर ९कोसेली०का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए ।

    माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर९ थारु भाषामा जिता मार्ना० मारेर बराबर बाँड्ने चलन छ । माछासँगै गङ्गटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ, माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृृङ्गार र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वरपनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारुले बताए ।

    थारु समुदायमा ‘माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने र नयाँ मतहवा चुन्ने चलन छ ।

    यसै उपलक्ष्यमा दाङमा थारु कल्याणकारिणी सभाले माघी महोत्सव मनाउने भएको छ । मूल आयोजक समिति गठन गरेर महत्सवको तयारी गरेको थारु कल्याणकारिणीसभा दाङले जानकारी दिएको छ । यही पुस २७ र २८ गते घोराहीमा माघ महोत्सव सञ्चालन गर्न लागेको मेला आयोजक समितिका संयोजक भुवन चौधरीले जानकारी दिए ।

    सांस्कृतिक, आर्थिक, अतिथि सत्कार, प्रचारप्रसार, मञ्च व्यवस्थापन, यातायात, स्वास्थ्य, स्वंयसेवक परिचालन, ¥याली व्यवस्थापन र सम्पर्क समन्वय उपसमिति गठन गरिएको मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए ।रासस

    Advertisement
    Advertisement

    Post Views: 53
    २१ पुष २०७८, बुधबार १४:४३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology