काठमाडौं- आजको पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशैभर धुमधामका साथ मनाइँदैछ ।
विभिन्न जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष पुस २७ लाइ पृथ्वीजयन्तीका रुपमा मनाइने गरिन्छ ।
विसं १७७९ पुस २७ गते गोरखामा पृथ्वीनारायण शाहको जन्म भएको थियो । उनी जन्मिनुभन्दा पहिला नेपाल ५२ राज्यमा विभाजित थियो । उनैले नै एकीकरण गरी सिंगो मुलुक बनाएका हुन्।
पृथ्वीजयन्तीको अवसर पारेर सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । पूर्वराजा ज्ञानेन्द्रले पनि सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तयगरिएको छ ।
यसैगरी देशभर विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाउँदैछन् ।
पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा घोषणा गर्न माग हुँदै आएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।