एजेन्सी- कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी ‘डीडीएमए’ले सम्पूर्ण निजी कार्यलयलाई घरबाटै काम गर्न भनेको छ ।अहिलेसम्म अधिकांश कार्यलयलाई आधा कर्मचारीलाई कार्यलयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो ।
त्यस्तै, सरकारी कार्यलयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गरेका छन् । अत्यावश्यक सेवालाई भने छुट दिइनेछ । निजी बैंक, अत्यावश्यक सेवा दिने कार्यलय, विमा कम्पनी, औष कम्पनी , वित्तिय कम्पनी, वकिलका कार्यलय र कुरियर सेवालाई छुट छ ।
सोमबारदेखि दिल्लीका रेस्टुराँ र बारहरु बन्द भएका छन् । उनीहरुले होम डेलिभरी सेवा भने दिएका छन् । दिल्लीमा सोमबार १९ हजारमा कोभिड देखिएको छ । संक्रमण दर २५ प्रतिशत रहेको छ । यो दर ५ मे पछिको उच्च हो । दिल्लीमा सोमबार एकै दिन १७ जनाको मृत्यु भएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।