काठमाडौं- नेपालमा पछिल्लो साता कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै २४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर १ हजार ९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।
मन्त्रालयका अनुसार कोरोनाबाट देशभर ३ सय १३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हाल ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।