सुर्खेत- कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि बाट सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजेको लागि प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ ।
आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले बताएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।