• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

एमाले सुर्खेतको अध्यक्षमा विसी विजयी हुँदा दैलेखमा भने विवाद

  •  राष्ट्रिय संञ्चार
  • २८ पुष २०७८, बुधबार ११:०० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन् । प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन् ।

    बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले बताएका छन् ।

    Advertisement

    उपाध्यक्षमा पनि विसी प्यानलकै कूलमणी देवकोटा निर्वाचित भएका छन् । उनले ३९४ मत ल्याउँदा शर्मा प्यानलका ऋषी गिरीले २२६  मत प्राप्त गरेका छन्  ।

    त्यस्तै सचिवमा कविन्द्र कुमार केसीले ३९० मत ल्यायर विजयी हुँदा अर्का प्रतिस्पर्धी रेशम रानाले २३३ मत पाएका  छन् ।

    उपसचिवमा पनि विसी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । उपसचिवमा घनश्याम पाण्डे (३९१) र बलबहादुर नेपाली (३६९) विजयी भएका छन् ।

    सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विसी र शर्मा प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । नेतृत्व छनोट गर्न दुवै समूहबाट लगातार चार दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार दिउँसोबाट मतदान सुरु गरिएको थियो ।

    Advertisement

    दैलेखमा  विवाद

    उता दैलेख मा भने नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशन विवादित बनेको छ । मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि दलभित्रका दुई समूहबीच आन्तरिक लडाइँ सुरु भएको हो ।

    उता दैलेख जिल्लामा भने प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेको मा  ७ सय १७ मत खसेको थियो । तर मत पेटिका खोलेर मत  गन्दा ७४८ मत भेटिएको छ ।

    निर्वाचन समितिका  अनुसार मंगलवार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान साँझ झण्डै पाँच बजे सकिएको थियो । मतदान सकिएको झण्डै दुई घण्टापछि दैलेख सदरमुकामस्थित गणेश चोकको योग भवनमा मतगणना गर्ने तय भएको थियो ।

    एमाले दैलेखमा नेता रुद्र शाही भन्छन्, ‘सबै मत गन्दै गएको भए ५० मत बढी हुन सक्थ्यो । विवाद भएपछि थप मतगणना हुन सकेन ।’ उनका अनुसार मतदान सकिए लगत्तै मत पेटिका खोलेर सरसर्ती कति खस्यो भनेर गन्दा मत बढी खसेको देखिएको थियो । त्यसपछि मतगणना नै नगरेर निर्वाचनका कार्यक्रम रद्द गरिएको हो ।

    दैलेखमा सूर्यबहादुर शाही र रवीन्द्रराज शर्माको प्यानल चुनावी मैदानमा होमिएका छन  ।  यता निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले आफूबाट कुनै कमजोरी नभएको दाबी गर्छन् । उनले भने, ‘यहाँ म बाट केही कमजोरी छैन । अन्य साथीहरूबाट के भयो मलाई थाह भएन । मुख्य कुरा व्यवस्थापनमा चाहिँ केही कमजोरी भएकै हो ।’ साथै उनले नेताहरूले नै व्यवस्थापनको कुरामा चासो नदिएको आरोप लगाए । ‘यो कसरी भयो भन्नेबारे अनुसन्धान हुँदैछ,’ उनले भने ।

    अध्यक्ष मण्डलका सदस्य तथा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले अहिलेलाई निर्वाचन प्रक्रिया नै बदर गरिएको बताएका छन् । उनले अधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी र जिल्ला कमिटी सदस्यहरूको हकमा सकेसम्म पद नजाने बताएका छन्  ।

    Advertisement
    Advertisement

    Post Views: 58
    २८ पुष २०७८, बुधबार ११:०० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    सत्ता साझेदार दलको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology