काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
प्रति तोलामा ६०० रुपैयाँले बढी ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबार सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि प्रति तोला ५ रुपैयाँले बढी एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।