• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

किन मनाइन्छ ‘अप्रिल फूल’?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

पश्चिमी वायुको प्रभावले वर्षा

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

चर्चित

  • १. पश्चिमी वायुको प्रभावले वर्षा

  • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

  • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

  • ४. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

तरुलले राम्रो मूल्य पाएपछि किसान खुसि

  •  राष्ट्रिय संञ्चार
  • २८ पुष २०७८, बुधबार १४:०३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

     सर्लाही । उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् । माघे सङ्क्रान्तिमा तरुल बिक्री ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । माघे संक्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको वाग्मती र बरहथना नगरपालिका क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ । ती क्षेत्रका खेतभरी तरुल खनिरहेको दृष्य बग्रेल्ती देखिन्छ ।

    विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसान दङ्ग छन् । गतवर्ष प्रतिकिलो  ३५ देखि ४० मा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो  ५० देखि ८० मा बिक्री भइरहेको छ । लामो समयदेखि व्यावसायिक रुपमा तरुल खेती गर्दै आएका वाग्मती नगरपालिका–५ राजघाटका किसान यमकुमार मगरले भने, “यसवर्ष निकै राम्रो मूल्य पाएका छौं, अन्य वर्षको तुलनामा धेरै व्यापारी तरुल किन्न आइरहेका छन् । यसरी मूल्य पाउने हो भने किसानलाई लागत र परिश्रमअनुसार राम्रो फाइदा हुनेछ ।”

    Advertisement

    उनका अनुसार माघे सङ्क्रान्ति नजिकिएसँगै किसानले उत्पादन गरेको तरुल लिन ठेकेदार खेतबारीमै पुगेका छन् । यसवर्ष १० कठ्ठा जमिनमा तरुलखेती गरेको र तरुलले राम्रो मूल्य पाएपछि आफूलाई खुसी लागेको वाग्मती नगरपालिका–८ शङ्करपुरका किसान जगबहादुर महतोको भनाइ छ । उहाँले प्रतिकठ्ठा रु २५ हजारमा खेतबाटै व्यापारीले तरुल लैजाने गरेको बताए । सबै खर्च कटाएर तरुलखेतीबाट प्रतिकठ्ठा रु १८ देखि २० हजार आम्दानी हुने गरेको किसानको भनाइ छ । माघे सङ्क्रान्तिमा विशेष फलहारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमासमेत प्रयोग गर्न लैजाने गरेको किसानले बताए ।

    वैशाखमा रोपेको तरुल तीन दिनयता महतो आफैँले मजदुर लगाएर खनाइरहेका छन् । “व्यापारीले उचित मूल्य दिए भने यहीं बेच्छु, नत्र ट्रकमा हालेर काठमाडौं लैजान्छु”, उनले भने, “काठमाडौंसम्म पु–याउन सके अझ राम्रो मूल्य पाइन्छ ।”

    तरुलको फलाइ अनि जात हेरेर व्यापारीले मूल्य दिन्छन् उनले भने, “पाताले तरुलको बढी मूल्य पाइन्छ भने आकासे तरुलको कम मूल्य आउँछ ।” व्यापारीले सर्लाहीको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगञ्ज, इटहरीलगायत मुलुकका प्रमुख सहरसम्म पु¥याउने गरेका छन् । फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ ।

    तरुलखेती गर्दा जमिन हेरेर बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गर्दा रु सात हजारदेखि १० हजार प्रतिकठ्ठा लगानी हुने गरेको किसानको भनाइ छ । यो मौसममा तरुल प्रतिकठ्ठा रु २८ हजारदेखि ३० हजारसम्म आम्दानी हुने किसानको अपेक्षा छ । राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्विन्टलसम्म उत्पादन हुने कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीका कार्यालय प्रमुख कमलदेवप्रसाद कुशवाहले बताए ।

    Advertisement

    उनका अनुसार यस क्षेत्रमा झुसे९पाताले०र रातो तरुलको खेती हुँदै आएको छ । जिल्लामा मात्र यसवर्ष करिब २८५ हेक्टर क्षेत्रफलमा तरुलखेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५०० टन तरुल उत्पादन हुने गरेको छ ।

    यसवर्ष बढी वर्षात् भएका कारण तरुल उत्पादनमा कमी आउने हो कि भन्ने किसानलाई चिन्ता रहेको थियो । तर कम उत्पादन भए पनि मूल्य राम्रो पाउँदा आफूहरुलाई घाटा नहुने किसानले बताएका छन् ।

    Advertisement
    Advertisement

    Post Views: 55
    २८ पुष २०७८, बुधबार १४:०३ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
    किन मनाइन्छ ‘अप्रिल फूल’?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    यो पनि हेर्नुहोस
    पश्चिमी वायुको प्रभावले वर्षा
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

    • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

    • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    • ४. पश्चिमी वायुको प्रभावले वर्षा

    • ५. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. नेपाल यूएईसँग ६८ रनले पराजित

    • ५. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology