काठमाडौं- नेपालमा पछिल्ला केही दिनदेखि देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । संक्रमणको दर तीव्र हुने देखिएकाले सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउनेसहितका स्वास्थ्य मापदण्ड जारी गरिसकेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पुष्टि देखिएको छ । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्ने बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि बिहीबार फेरि पीसीआर गराउने बताइएको छ । हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् ।
अहिले देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेको छन् ।