• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ४. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ५. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ६. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

आजदेखि स्वस्थानी व्रत शुरु, के छ त यस्को पौराणिक महत्व

  •  कृष्ण राना
  • ३ माघ २०७८, सोमबार ०६:२९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ ।

    पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    Advertisement

    एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ(आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

    सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा वर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

    सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”, उनले भने ।

    यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको पुनर्मिलन भएको कथामा उल्लेख छ ।

    Advertisement

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

    शालिनदीमा १५० वर्तालु

    यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तरपूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । प्राचीनकालदेखि लाग्दै आएको मेलामा यस वर्ष भने कोरोनाका कारण धेरै चहलपहल नहुने भएको छ । “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्”, इतिहासकार श्रेष्ठले भने ।

    यस वर्ष कोरोनाको महामारीका कारण माधनारायण मेला नगरी व्रतमात्र गर्ने गरी तयारी गरिएको छ । वर्तालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मीजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्ने बताउछन् ।

    विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करिब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ । कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए । विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ । गत वर्ष पनि समितिले मेला नलाग्ने भनी भक्तजनको शालिनदीमा भीड नै देखिएको थियो ।

    वर्तालु आज बेलुकीदेखि नै साँखुमा वास बस्न आउँछन् । बेलुकी मामधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।

    Advertisement
    Advertisement

    Post Views: 29
    ३ माघ २०७८, सोमबार ०६:२९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन इन्जिनियर र सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ५. अनौपचारिक सेवा केन्द्र इन्सेकले वीरेन्द्रनगरमा सकारात्मक परिवर्तनका लागी सडक नाटक प्रर्दशन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology