• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

कोहलपुर–सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

  •  राष्ट्रिय संञ्चार
  • ६ माघ २०७८, बिहीबार १६:३९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत- कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पु¥याएका छन् ।

    स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न नदिने चेतावनी दिएपछि आयोजनाको निर्माण कार्य प्रभावित हुन पुगेको हो । आयोजनाले सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० का नौ घरधुरीको मात्र जग्गा अधिग्रहण गर्ने तयारी गरेपछि स्थानीयवासीले आपत्ति जनाएका छन्।

    Advertisement

    आयोजनाले खम्बा निर्माण हुने जग्गाधनीलाई मात्रै मुआब्जा उपलब्ध गराउने भनेपछि त्यहाँका १२० घरधुरीले विरोधमा उत्रिएका हुन । विरोधका कारण उक्त क्षेत्रमा प्रशारण लाइन अन्तर्गत टावरको जग खन्ने कार्य सुरु हुन सकेको छैन् । स्थानीयवासीले उचित मुआब्जा निर्धारण नभएसम्म आयोजना अघि बढ्न नदिने भन्दै पूर्ण ढकालको संयोजकत्वमा सङ्घर्ष समिति समेत  गठन गरेका छन् ।

    विद्युत् तार पर्ने जग्गाधनीलाई पनि क्षतिपूर्ति दिनुपर्ने, ऐलानी जग्गालाई पनि मुआब्जा दिनुपर्ने, सरकारी दररेट नभइ चलनचल्तीको मूल्य दिनुपर्ने माग अघि सारेका छन् । कोहलपुर नगरपालिका–१ र ४ मा पनि स्थानीयवासीले अवरोध जारी राखेका छन् ।

    आयोजनाका प्रमुख रविकुमार चौधरीले दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले विवाद समाधानको पहल गरिरहेको जानकारी दिए । “प्रमुख जिल्ला अधिकारी र स्थानीयवासी जनप्रतिनिधिले आयोजनामा देखिएका अवरोध हटाउन पहल गरिरहेको  छ”, उनले भने , “मुआब्जा निर्धारण उपसमिति बनेर अध्ययनको काम गरिरहेको छ, सरकारी दररेट अनुसार मूल्याङ्कन भएर अधिग्रहण हुन्छ, ऐलानी जग्गालाई क्षतिपूर्ति दिने विषय मन्त्रिपरिषद्कै निर्णयमा भरपर्छ ।” आयोजना प्रमुख चौधरीले विवाद नभएका स्थानमा प्रसारण लाइनको काम अघि बढिरहेको बताए।

    जङ्गल क्षेत्र र विवाद सिर्जना भएको ठाउँमा टावर निर्माण रोकिएको उनको भनाइ छ । सरकारले आयोजनाका लागि रुख कटानसम्बन्धी प्रस्ताव अझ स्वीकृत गरेको छैन् । जसले गर्दा जङ्गल क्षेत्रमा निर्माणकार्य प्रभावित हुनपुगेको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रमा गरी १३ हजार ११९ रुख कटान गर्नुपर्नेछ । ५२ किमी दूरी रहेको यस प्रशारण लाइनमा डबल सर्किटका १६१ वटा टावर निर्माण गर्नुपर्नेछ । करिब ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले प्रशारण लाइन निर्माणको काम गर्दैछ । विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले भदौ तेस्रो सातादेखि निर्माण कार्य थालेको हो । रुख कटान स्वीकृतिमा ढिलाइ, स्थानीयवासीको अवरोधलगायतका कारण आयोजना तोकिएको समयमा सम्पन्न हुनेमा आशङ्का व्यक्त गर्न थालिएको छ ।

    Advertisement

    हाल वातावरणीय व्यवस्थापन योजना स्वीकृतिका लागि ऊर्जा मन्त्रालयले वनतथावातावरण मन्त्रालयमा पठाइएको छ । आयोजनाका अनुसार प्रशारणलाइनको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्दछन् । प्रसारण लाइनको ७०.५४५ भागवन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको छ ।

    प्रसारण लाइनका लागि जग्गाको क्षेत्रफल २२५ वर्गमिटर क्षेत्रफल तोकिएको छ । आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकवेँशी तथा वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । आयोजना बाँकेको कोहलपुर सब–स्टेशनबाट प्रारम्भ भई वीरेन्द्रनगरस्थित सुर्खेत सब–स्टेशनमा पुगेर टुङ्गिनेछ ।

    Advertisement
    Advertisement

    Post Views: 6
    ६ माघ २०७८, बिहीबार १६:३९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology