सुर्खेत । कर्णाली प्रदेशमा संसद् अवरोध खुला गर्न सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सम्झौता गरिएको छ । एमालेको निरन्तर संसद् अवरुद्ध पछि सरकारले एमालेसँग ७ बुँदे सहमति गरेर संसद् बैठक अघि बढाइने भएको छ ।
दुई पक्षबीच सहमतिसँगै अब एमालेले संसद् बैठकमा कुनै अवरोध नगर्ने भएको छ । एमालेले प्रदेशसभाको नवौँ बैठकमा विभिन्न माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।
त्यतिबेला एमालेले अलपत्र योजनाहरूलाई सरकारले पूर्णता दिनुपर्ने, अघिल्लो सरकारले पूरा गर्न नसकेका कामहरु पूरा गर्न बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन गर्नुपर्ने माग राखेको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।