सुर्खेत- स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर,
संविधान र लोकतन्त्रको रक्षा गर, भन्ने मुल नाराका साथ कर्णाली प्रदेशको राजधानी सुर्खेत सहित सातै प्रदेशको राजधानीमा र केन्द्रीय राजधानी काठमाडौंमा पनि नेकपा एमाले निटक अनेरास्ववियु ले सडक बहस गरेको छ ।
यस्तै सुर्खेतमा पनि अनेरास्ववियु कर्णाली प्रदेशको सह- सयोजक प्रेम खड्का अध्यक्षता र नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य टेकेन्द्र बस्नेतको प्रमुक अथितिमा सडक बसह गरिएको छ । अहिलेको पाच दलीय गठबन्धन सरकारले स्थानीय चुनावको मिति तोक्न आलटाल गरेको र पेट्रोलियम पदार्थको मूल्य बढाएकोले सरकारलाई दवाब दिनको लागि आज देश भर दवाब मुलक कार्यक्रम सडक बसह गरेको विद्यार्थि नेता सत्य शाहिले जानकारी दिएका छन् ।
जस्मा अधिवक्ता दुर्गा सापकोटा ,नन्द ब भण्डारी ,र शेर बहादुर खत्रीले कार्यक्रमको सहजीकर गरेका थिए भने कार्यक्रम अनेरास्ववियु कर्णाली प्रदेशको आयोजनामा भएको थियो ।