बझाङ- बझाङको थलारा गाउँपालिका-३ चाउडिधारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ दुर्गाथली गाउँपालिकाको झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सु प्र प ०१(००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भयको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टरका सहचालक थलारा गाउँपालिका-२ का २५ बर्षीय लाल बहदुर दाहल रहेको । जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।