सुर्खेत- सुर्खेत जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत जिल्ला अदालतले २०७१ चैत १२ गते जबरजस्ती करणी उद्योगमा दुई वर्ष ५ महिना ९ दिन कैद सजाय तोकको सिम्ता गाउँपालिका वडा नम्बर ८ का ४० वर्षीय भुपेन्द्र खत्रीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर कनक शाहीका अनुसार फरार खत्रीको खोज तलास गर्ने क्रममा घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको छ ।
झण्डै सात वर्षपछि पक्राउ परेका खत्रीलाई आवश्यक कारबाहीका लागि अदालतमा पठाएको प्रहरीले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।