काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० ले बढेर ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १०० थियो ।
यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।