• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सुनसहित एक पक्राउ

जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

भरतपुरमा रेनुको अग्रता कायमै

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा तीन लाख जरिवाना

वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

चर्चित

  • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

  • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ५. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ६. भरतपुरमा रेणुलाई पछ्याउँदै विजय पौडेल

  • ७. सुर्खेतको सिम्ता गाउँपालिकामा पुनः मतदान सोमबार हुने

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

हुम्लाबाट ल्याइएकी १४ दिनकी बालिकाको भोलि तुलसालयमा न्वारान हुँदै

  •  राष्ट्रिय संञ्चार
  • २७ माघ २०७८, बिहीबार १३:४० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले यही माघ १६ गते आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए, “हुम्लामा एउटी आमाको छैटौँ छोरीलाई जन्म दिएको पाँच घन्टामा मृत्यु भएको छ । सरु सुवेदीजीको तुलसालयले ती छ छोरीमध्ये सबैभन्दा कान्छी तीन छोरीलाई उद्धार गरी लालनपालन गर्ने तयारी गरेको छ ।”

    उनको स्टाटसमा धेरैको प्रतिक्रिया आएको थियो । मृतक सुत्केरी आमाप्रति श्रद्धाञ्जलिका शब्द त छँदैछन्, त्यसबाहेक ती १४ दिनकी छोरीलाई सहयोगका सामान्य प्रतिबद्धता पनि आएका छन् । त्योभन्दा पनि यस्तो कार्यका लागि अघि सर्ने तुलसादेवी हरिहर फाउन्डेसन सञ्चालन गरिरहेकी सरु सुवेदीलाई धेरैले धन्यवाद दिएका छन् ।

    Advertisement

    गणेश पोखरेलले लेखेका छन्, “तुलसालय र सरु सुवेदीका यस्ता महान् कार्यका लागि जति प्रशंसा गरे पनि कम नै हुन्छ”, शान्ता नराल लेखछिन्, “सरु बहिनीसँग हाम्रो कुरा भएको थियो, त्यति सानो बच्चा ल्याउन कसरी सम्भव होला भन्ने लागेको थियो । आखिर उनले आँटगरेर लगि छाडीन् , सबैको आमा भनेकै अर्थ यही हो ।”

    हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले पुस २९ गते छैटौँ सन्तान छोरी जन्माइन् । तर छोरीको मुख पनि राम्रोसँग हेर्न नपाई प्रशव पीडामै आमाको निधन भयो । धर्तीमा ओर्लिएको केही बेरमै आमाले आफूलाई छाडेपछि नवजात शिशुको त बिचल्ली हुने नै भयो । अब बिचल्लीका दिन उनका दिदीका पनि सुरु भए । बाबु गोरख छत्याल गरिब परिवारका र त्यसमा पनि दमका बिरामी । अब त झन् श्रीमती नै नरहेपछि त्यो नवजात शिशुसहित ६ छोरी कसरी पाल्नु त्यसपछि उनका आफन्त र दाजुभाइले नै खोज्नथाले ती बच्चा पाल्ने दाता ।

    गोरखका आफन्त बताउने कमल छत्यालले सरु सुवेदीलाई फोनमा ती शिशुबारे जानकारी गराए । उनी १४ दिनकी मात्र थिइन् । पछि स्थानीय तीर्थ रोकाया र जयराज छत्यालले पनि भनेपछि ती शिशु र उनका ५ र ७ वर्षका दुई दिदीलाई तुलसालयमा ल्याउने निधो सरुले गरिन ।

    “बच्चीको अवस्था सुन्दा जतिसक्यो चाँडै काठमाडौँ ल्याउन मन लागिसक्यो तर दुई हप्ता मात्रकी उनीसहित तीन जना बच्चालाई हुम्लाबाट जहाजमा नेपालगञ्ज हुँदै कसरी यहाँ ल्याउने भनेर मनमा तनाव सुरु भयो । अनि खर्चको समस्या फेरि छँदैछ । त्यसपछि ती छोरीहरुलाई यहाँसम्म ल्याउन सहयोगको याचना गरेर फेसबुकमा लेखेँ । केही रकम सहयोग आयो र बाँकी आफैँले जुटाएर नेपालगञ्जबाट जहाजमा राखेर काठमाडौँ ल्याएँ”, सरु भन्छिन  ।

    अहिले सरुको ललितपुर नख्खुडोलस्थित तुलसालयमा ती शिशु र उनका ५ र ७ वर्षका दुई दिदी छन् । २१ दिनकी बच्चीलाई आफैँले काखमा राखेर ल्याएकी सरु उनको हेरचाहमा आफैँ लागेकी छन्  । अल्पायुमै निधन भएकी आफ्नी आमा तुलसादेवीको स्मृतिमा सरुले सो तुलसालय आश्रम स्थापना गरेकी हुन्  । अहिले त्यस आश्रममा यस्तै अनाथ र गरिब परिवारका १८ जना बालबालिका छन् । २९ दिनकी ती शिशुदेखि ७२ वर्ष उमेरका ३० जना छन् । उनले तुलसालय हरिहर फाउन्डेशन स्थापना गरी अनुदान र सहयोगका भरमा ती ३० जनाको लालनपालन गरिरहेकी छन् । आफ्ना जन्मदिन, वैवाहिक वर्षगाँठदेखि अन्य अवसरमा यहाँ मानिस गएर ती अनाथलाई भोजन गराउनेदेखि आर्थिक सहयोग गर्ने गर्दछन् ।

    संयोग पनि कस्तो प¥यो भने उनकी छोरी हृया २४ वर्ष पुगेकै दिन ती २१ दिनकी शिशु तुलसालय प्रवेश गरेकी छिन् । “मलाई त २४ वर्षपछि मेरो अर्को सन्तान हुम्लामा जन्मिइजस्तो लागेको छ, मेरा लागि यो साक्षात् भगवान् नै हो”, सरु भन्छिन  । जन्मिएदेखि रोइरहेकी उनी सरुको काखमा आएपछि शान्त भइन् । सरु भन्छिन , “कस्तो अचम्म भने नेपालगञ्ज विमानस्थलमा उ मेरो काखमा आएर यसो मेरो मुखमा के हेरेकी थिइ, चुप लागिहाली । एकछिन मुखमा टलटल्ती हेरी अनि रोइन् । मलाई त लाग्यो उसले बल्ल आमा पाई । त्यसैले म पनि उसलाई मेरी कान्छी छोरी भनेकी छु ।”

    उनको न्वारन भएको छैन । भोलि शुक्रबार ३० दिनका दिन उनको न्वारनको तयारी गर्दै छिन्  सरु नख्खुडोलमा साँघुरो भएर भक्तपुरको चाँगुनारायणमा हालै आश्रम सारिएको छ । सरुले भनिन , “भोलि छोरी ३० दिनकी पुग्छे, उसको न्वारन गर्ने र आश्रमको घर सरेको पूजा पनि लगाउने तयारीमा छु” बिहीबार बिहान सरुले भनिन । काठमाडौँ ल्याउनका लागि गराइएको जन्मदर्तामा प्रकृति नाम राखिएको रहेछ । तर सरुले उनको नाम स्तुति राख्ने सोच गरेको बताएकी छन्  । स्तुति नाम किन रोजिन सरु भन्छिन , “तुलसालयको यो कान्छो सन्तानमार्फत् म नेपाली आमाहरुले यसरी छोराकै लागि छ÷छ छोरी जन्माउनुपर्ने अवस्था अब नआओस् र कुनै बाबुआमाले पनि यसरी आफ्नो सन्तान पाल्न नसक्ने अवस्था नरहोस् भनेर मैले भगवानलाई स्तुति गरेको छु । त्यसैले उसको नाम स्तुति राख्ने विचार छ ।”

    यसपालि धेरै हिमपात भएका समाचार आएका थिए । माघ २० गते कर्णाली र मध्यपश्चिमका कैयौँ भागमा भारी हिमपात थियो, कतै विमान नउड्ने, कतै सञ्चार सम्पर्कमै समस्या । सरु भन्छिन , “नेपालगञ्ज पुगेर बसेँ तर उता हुम्लादेखि त्यहाँ पुग्न कस्तो समस्या । चिसो उस्तै । मलाई यस्तो चिसोमा हुम्लादेखि त्यो बच्ची कसरी ल्याइदेलान् र मैले काठमाडौँ पु¥याउँला भन्ने त्रास थियो । बच्ची हातमा समातेपछि काठमाडौँबाट लगेका न्यानो कपडाहरु लगाइदिएँ । डाइपर त लगाइदिएका तर कति दिनदेखि दिसा सफा नगरेको । सबै सफा गरेँ । मेरो हातमा आएपछि त उ केही क्षण रुन पनि छोडी, अनि केही सहज भयो । काठमाडौँ ल्याएर अहिले उसैको स्याहारमा छु । एकछिन काख छोड्यो भने रुन थाल्छे, समात्नै पर्छ । हुनतः आश्रममा १८ छोराछोरी छन् तर उसैको माया बढी लाग्छ । अनि अरु सबैले पनि बहिनी भनेर माया गर्न थालेका छन् ।”

    हुम्लादेखि काठमाडौँसम्मको यात्राका लागि सरुलाई केही सहयोग प्राप्त भएको छ । हुनतः आश्रममा उनका १८ छोराछोरी छन् तर ती तीन दिदीबहिनीको लालनपालनमा उनलाई सहयोग आवश्यक छ । “इल्या भट्टराई दिदी, दाजु अशेष मल्ल र भाउजु अनि अमेरिकाबाट सरला दिदीले सहयोग र आँट दिएका छन् । बच्चीलाई वर्षदिनको दूध व्यवस्था भएको छ । भगवानले तँ आँट म पु¥याउँछु भन्छन् रे, हेर्दै जाउँ । यी लालाबालको भविष्यका लागि सबैको सहयोगबाट म लागि नै रहनेछु”, सरुले भनिन । ‘‘बाहिर समस्या जेजति भए पनि आश्रमका १८ सन्तानले आमा भनेर बोलाउँदा निकै खुसी लाग्छ, अनि सबै पिरपर्का नै बिर्सन्छु’’, सरु भन्छिन ।

    Advertisement

    Post Views: 1
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २७ माघ २०७८, बिहीबार १३:४० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसहित एक पक्राउ
    जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु
    जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा
    भरतपुरमा रेनुको अग्रता कायमै
    कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुनसहित एक पक्राउ

    • २. जबरजस्ती करणीमा पक्राउ परेका आरोपितको उपचारका क्रममा मृत्यु

    • ३. जुम्लामा कांग्रेस पाँच, माओवादी दुई पालिकामा निर्वाचित हुदा एमाले ‘क्लीन स्वीप’

    • ४. काठमाडौं महानगरपालिकामा बालेन अग्रस्थानमा

    • ५. भरतपुरमा रेनुको अग्रता कायमै

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. वीरेन्द्रनगरकाे प्रमुख पदमा विष्ट पनि आकाँक्षी

    • ४. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ५. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology