काठमाडौं- बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् ।
आज बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।