• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

आगलागीमा परेर शिशुको मृत्यु

चर्चित

  • १. असिनाले बाली नष्ट : किसान चिन्तित

  • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

  • ३. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

  • ४. दैलेखमा खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’

  • ५. नेपाल टेलिकमद्वारा सजिलो भ्वाइस र डाटाको सुविधा

  • ६. वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला

  • ७. देशका विभिन्न स्थानमा वर्षा

  • ८. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

जुम्लाको तातोपानीमा हिउँमा फसेका ३४ जना घर फर्किए

  •  राष्ट्रिय संञ्चार
  • २७ माघ २०७८, बिहीबार १६:५४ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    जुम्ला- जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले जानकारी दिएका छन् ।

    हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न छाडेर फर्किएको थियो । पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए ।

    Advertisement

    हिउँमा फसेकालाई उद्धारका लागि चौतर्फी पहल भएको थियो । स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ  । पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमेको थियो ।

    बुधबार सबै भेँडाबाख्रासहित सकुशल घर फर्किएपछि स्थानीयवासीदेखि आफन्तजनमा खुसी छाएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले प्रेस विज्ञप्ति प्रकाशित गर्दै हिउँमा फसेका ३४ नागरिकसहित पाटन क्षेत्रमा रहेका सयौँ भेडाको उद्धार भएको जानकारी दिए।

    हिउँमा ३६ जना फसेका थिए, जसमध्ये दुई जना २२ गते नै घर फर्किसकेका थिए । सेतोचिनी सङ्कलनका क्रममा बाक्लो हिउँ जमेर स्थानीयवासी फसेका थिए । तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडि, खोटीसल्ला र गाग्रोओढारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन थापाले  जानकारी दिए ।

    पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी, खिरौलो जडीबुटी सङ्कलन गर्न गएका तातोपानी गाउँपालिका– ८ की ३७ वर्षीय देवी शाही र तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

    Advertisement
    Advertisement
    Advertisement

    Post Views: 37
    २७ माघ २०७८, बिहीबार १६:५४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन
    यो पनि हेर्नुहोस
    देशका विभिन्न स्थानमा वर्षा
    नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा
    वीरेन्द्रनगर सुर्खेतमा एक नवजात शिशुको शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

    • ४. देशका विभिन्न स्थानमा वर्षा

    • ५. नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology