सुर्खेत । सुर्खेत अदालतले नौ ९ बर्ष ११ महिना २१ दिन र चार लाख जरिवना फैसला गरेको तर फरार रहेका एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा ९ बर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिवाना फैसला गरेपनि फरार रहेका रूद्रबहादुर खड्कालाइ प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका-१६ का २० वर्षीय खड्कालाइ कर्णाली प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले वीरेन्द्रनगरको घण्टाघरबाट पक्राउ गरेको थियो । अदालतले गएको असोज १३ गते जवरजस्ती करणी मुद्दामा अन्तिम फैसला गरेको थियो । पक्राउ परेका खड्कालाइ प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।