काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ किलो सुनसहित एक चिनियाँ नागरिकलाइ पक्राउ गरेको छ ।
विमानस्थल प्रहरी कार्यालयले चिनियाँ नागरिकको राहदानी नम्बर इजे०२४८१३१ का ३६ झाङ लिलाई पक्राउ गरेको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीम ढकालले जनाकारी दिएका छन् ।
हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।