काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्यान्डसँग खेल्ने भएको छ ।
खेल अल अमिरात क्रिकेट मैदानमा दिउँसो पौने चार बजे हुदै छ । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो । आजको खेलसँगै नेपालको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ए का लागि सम्पूर्ण तयारी पूरा हुनेछ ।
ओमानमा आगामी ६ गतेदेखि सुरु हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ए को तयारी स्वरुप श्रृङ्खला आयोजना भएको हो।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।