• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

ब्रेन ट्‌युमरबाट पिडित सलमानीका परिवारद्वारा उपचारकालागि सहयोगको याचना

कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)

देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

चर्चित

  • १. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

  • २. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

  • ३. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

  • ४. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

  • ५. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

अभिनेत्री रेखा थापाले बिहे गरेको खुलासा

  •  राष्ट्रिय संञ्चार
  • ३ फाल्गुन २०७८, मंगलवार ०६:०० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं– एक महिनायता नेपाली फिल्मवृत्त अभिनेत्री रेखा थापाले आउँदो वैशाखमा बिहे गर्ने गसिपले गर्माइरहेको छ। रेखा भने सञ्चारकर्मीको जिज्ञासामा ‘मिडियाले नै मेरो बिहे गराइदिने भए’ भन्दै ठट्यौली जवाफ फर्काइरहेकी छिन्। बिहेबारे सोध्ने निकटहरुलाई उनी उल्टै सोधिरहेकी छिन्, ‘केटा खोइरु मेरो बिहेका लागि केटा चाहियो नि। खोज्दिनुस् केटा।’

    तर, हिजो  ‘भ्यालेन्टाइन्स डे’का दिन  प्राप्त सूचनाअनुसार उनै अभिनेत्री रेखा थापाले दुई हप्ताअघि नै ‘कोर्ट म्यारिज’ गरिसकेकी छिन्। जतिबेला उनको बिहेबारे गसिप बनिरहेको थियो, त्यतिबेलै काठमाडौं जिल्ला अदालत पुगेर उनले आफ्ना प्रेमी बलराम शाहीसँग बिहे गरेको खुलेको छ।

    Advertisement

    अदालतको विश्वस्त स्रोतअनुसार रेखाले माघ १२ गते जाजरकोट स्थायी घर भएका प्रेमी शाहीसँग बिहे गरेकी हुन्। पछिल्ला दिनमा रेखासँग गहिरो प्रेममा रहेका शाही इजरायलमा बसेर पर्यटन व्यवसाय गर्दै आएको बुझिएको छ।

    ‘रेखा थापा त्यसदिन कानुनी बिहे दर्ता गर्न आफ्नो जोडीसँग मास्क लगाएर आउनुभएको थियो,’ अदालत स्रोतले भन्यो, ‘जोडीलाई बिहेको प्रमाणपत्र दिने बेला नाम रेखा थापा देखेपछि न्यायाधीशले उहाँलाई खोइ हामी नि हेरौँ न भन्दै मास्क नै खोल्न लाउनुभएछ। माहोल रमाइलो भएछ।’

    रेखाको यो दोस्रो बिहे हो। निर्माता छविराज ओझासँगको १० वर्षको सम्बन्धमा पूर्णविराम लागेपछि उनी केही वर्षयता एक्लो जीवन बिताइरहेकी थिइन्।

    १९ वर्षअघि छविराजकै फिल्म ‘हिरो’बाट अभिनयमा प्रवेश गरेकी रेखाले पछिल्लो समय निरन्तर झेलिरहने प्रश्न थियो( ‘बिहे कहिले गर्नेरु’ परिवारभित्रैबाट पनि उनलाई बिहेको दबाव पनि थियो। उनले भन्ने गर्थिन्, ‘अब बिहे गर्नुपर्छ भन्नेहरु एकदमै धेरै छन्, ममीले पनि अब गर्नुपर्छ भनिरहनुभएको छ। तर मैले बिहे अरुको लागि गर्ने होइन। परिवार र समाजका लागि भन्दा पनि यो मेरो नितान्त व्यक्तिगत जिन्दगी बिताउने कुरा हो।’

    Advertisement

    पहिलो बिहे गर्दा आफू ‘बच्चै’ र ‘अपरिपक्व’ भएकाले अब चाँहि सोचविचार गरेरै बिहे गर्ने जवाफ उनी दिने गर्थिन्। एकपल्ट उनले भनेकी थिइन्, ‘म एकदमै धार्मिक मान्छे हो। लेखेको छ भने यही महिना पनि हुन सक्छ तर कहिले लेखेको छ, कोसँग लेखेको छ, मलाई कुनै आइडिया छैन। म त बिहेका लागि तयार छु। तर खोइ जुरेकै छैन।’

    बिहेबारे यस्तो प्रतिक्रिया दिँदै आइरहेकी रेखा आफ्नो बिहेको खबर भने तत्काललाई गोप्य नै राख्ने मुडमा छिन्। रेखा निकट श्रोतका अनुसार उनी विशेष तरिकाले यो खबर औपचारिक रुपमा बाहिर ल्याउने सुरसारमा छिन्।

    ‘त्यसकारण उनी बिहेबारे सोध्ने सबैसँग तर्किरहेकी छिन्,’ उनी निकट स्रोत भन्छ, ‘तर पहिलो सम्बन्धबाट धेरै पाठ सिकेकी रेखाले यो बिहेको निर्णयचाँही सुझबुझपूर्ण ढंगले लिएकी हुन्।’

    हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा जस्ता फिल्ममा आफूलाई प्रमुख भूमिकामा उतारेकी अभिनेत्री रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन्। हालै उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएर सम्मानजनक मतसहित पराजित भएकी थिइन्।

    बजारमा रेखाले वैशाखमा बिहे गर्ने गसिप आइरहँदा धेरैले अनुमान गरेका थिए, पक्कै प्रणय दिवसमा रेखा केही संकेत गर्दैछिन्। तर, त्यस्तो केही भएन। आफ्नो एकल तस्बिर राख्दै उनले फेसबुकमा यत्ति मात्रै लेखिन्, ‘प्रणय दिवसको शुभकामना। प्रेमको शक्तिले हामी सबैलाई सभ्य, करुणामयी र उदार बनाउदै जाओस्। डर, दासता र हिंसाबाट मुक्त हुँदै अरुलाई आफू जस्तै मानव देख्न सकौँ।’नेपाल समय बाट 

    Advertisement
    Advertisement

    Post Views: 217
    ३ फाल्गुन २०७८, मंगलवार ०६:०० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    देउती बज्यै मन्दिरका पुजारी राजीको निधन
    आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा
    यो पनि हेर्नुहोस
    सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ
    कवि गिरीको पश्चिमेली ठेट झ्याउरे “हौला भेट नमरी बाँचे त” सार्वजनिक (भिडियो सहित)
    देशको अवस्था परिवर्तनका मुद्दामा संचार क्षेत्र अग्रसर हुनुपर्छ – मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिरियामा भूकम्पले पुरिएकाको उद्धारमा समस्या

    • २. देउती बज्यै मन्दिरका पुजारी राजीको निधन

    • ३. आज सुनको मुल्य १४ सय रुपैयाँले घट्यो

    • ४. आजदेखि चलचित्र ‘ह्यारी की प्यारी’ हलमा

    • ५. सर्वोच्च अदालतमा सन्दीपविरुद्ध परेको पुनरावेदनमाथि आज सुनुवाइ

    धेरै पढिएको
    • १. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. प्रदेश १ मा माओवादीको असन्तुष्टि

    • ४. कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

    • ५. सत्ता साझेदार दलको बैठक बस्दै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology