काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक केही बेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको छ ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्तापछि उत्पन्न राजनीतिक घटनाक्रम, एमसिसी सदनमा टेबुल गर्ने वा नगर्ने र स्थानीय तहको निर्वाचनलगायत का विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
भोलि प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।