काठमाडौं- आज एकै दिन सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।