• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा बजेट माथिको छलफल सुरु

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

कक्षा १२ को परीक्षा आजदेखि

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

लामिछानेकाे जन्मदिन विद्यालयलमा

आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना

बाँकेको नरैनापुरमा आगलागी हुदा पाँच घर जलेर नष्ट

आज मातातीर्थ औंशी

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

मन्त्री आलेले गरेको अश्लील गालीको अडियो सार्वजनिक ( भिडीयो सहित )

  •  राष्ट्रिय संञ्चार
  • ३ फाल्गुन २०७८, मंगलवार १३:१५ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अश्लील गाली गलौज गरेको अडियो सार्वजनिक भएको छ । अडियोमा मन्त्री आलेले अश्लील गाली गर्दै एक युवकलाई ठेगान लगाउने धम्की दिएका छन् ।

    अडियो कहिलेको हो भन्ने खुलेको छैन । अडियोमा मन्त्रीले गाली गरेका युवक जगत ओली भएको खुलेको छ । सोमबार सार्वजनिक अडियो सुन्दा युवकले आलेका बारेमा केही लेखिदिएपछि उनी आक्रोसित भएको लख काट्न सकिन्छ । युवकले उनका बारे मिडिया या सामाजिक सञ्जाल केमा लेखे भन्ने पनि अडियोबाट प्रष्ट भएको छैन ।

    Advertisement

    सार्वजनिक अडियोको सुरुवातमै मन्त्री आले ती युवकप्रति आक्रोसित देखिन्छन् । आफ्नोबारे गलत कुरा लेखिदिएको भन्दै अश्लील गालीगलौजमा उत्रिएका आलेले युवकलाई ठेगान लगाउनेसम्मको चेतावनी दिएका छन् । त्यस क्रममा आलेले युवकलाई ‘कहाँ छस्’ भनेर सोध्छन् । युवकले आफू भारतको मुम्बइमा भएको भन्दै पूरा ठेगाना दिएको सुन्न सकिन्छ  । यो क्रममा युवकले मन्त्री आलेलाई तस्करको आरोप लगाएका  छन् । युवकले यस्तो बताएपछि मन्त्री आले थप आक्रोसित हुँदै अश्लील गाली गलौजमा उत्रिएको सुन्नसकिन्छ ।

    मन्त्रीले अमाचकारी गाली गरेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

    मन्त्री आलेको सचिवालयले पनि त्यो अडियो मन्त्री आलेकै भएको स्वीकार गरेको छ । सचिवालयका अनुसार, त्यो अडियो आलेकै भए पनि सार्वजनिक पद धारण गर्नु पूर्व  एक वर्षअघिको हो । तर एउटै पार्टीमा छँदा ओली आलेको समर्थक रहेकाले सचिवालयको दाबी पत्याउन सकिँदैन ।

    सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृत रूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन्  ।

    Advertisement

    मन्त्री आलेविरुद्ध षड्यन्त्र : सचिवालय

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । निरन्तररूपमा मन्त्री आले तथा नेकपा(एकीकृत समाजवादी)का  नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाउएका छन् ।

    सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन्  । मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररूपमा उनिमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै सचिवालयले खेद प्रकट गरेको हो ।

    मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।  नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त  गरेको छ ।

    हेर्नुस् यो भिडीयो 

    Advertisement
    Advertisement

    Post Views: 501
    ३ फाल्गुन २०७८, मंगलवार १३:१५ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा बजेट माथिको छलफल सुरु
    नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ
    कक्षा १२ को परीक्षा आजदेखि
    यो पनि हेर्नुहोस
    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की
    लामिछानेकाे जन्मदिन विद्यालयलमा
    आज कर्णाली प्रदेश सहित केही ठाउँमा पानी पर्ने सम्भावना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ५. लामिछानेकाे जन्मदिन विद्यालयलमा

    धेरै पढिएको
    • १. कर्णालीमा बजेट माथिको छलफल सुरु

    • २. प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की

    • ३. कक्षा १२ को परीक्षा आजदेखि

    • ४. नेकपा एमालेका नेता टोपबहादुर रायमाझी काठमाडौं बाट पक्राउ

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology