दैलेख- आज दैलेखमा जीप दुर्घटनाहुदा एक जनाको ज्यान गएको छ । सदरमुकामबाट महावु गाउँपालिकाको काँशीकाध जाँदै गरेको वाग्मती प्रदेश ०१-०२६ च ५२६४ नम्बरको बोलेरो जीप फागुमा दुर्घटना भएको थियो ।
दुर्घटनामा महावु गाउँपालिका-४ फागुका ४० वर्षीय रामबहादुर हमालको घटना स्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिएका छन् । उनकाअनुसार दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाईतेहरूको स्थानीय मेडिकलमा सामान्य उपचारपछि जिल्ला अस्पताल रिफर गरिएको प्रमुख शाहले जानकारी दिए । जीप अनियन्त्रित भएर सडकबाट झण्डै एक सय मिटर तल खसेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।