पोखरा । पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको हो ।
यद्यपि, प्रहरी र सेनाको बम डिस्पोजल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् । ठाउँठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।