काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रको हितमा रहेकाले संसद्बाट पास गर्ने कुरामा काँग्रेसमा एकमत रहेको बताएका छन् ।
कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको आज बालुवाटारमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताए ।
प्रधानमन्त्री देउवाले पास फेल जे भए पनि एमसीसीलाई जनताका प्रतिनिधिहरूको मुख्य थलोका रुपमा रहेको संसद्बाट टुङ्ग्याउनुपर्नेमा जोड समेत दिएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।