सुर्खेत- सुर्खेतको बीरेन्द्रनगर ७ का १७ बर्षिया प्रकाश शाहीले इलेक्ट्रिकल वाइक साइकल निर्माण गरेका छन् ।
कोरोना माहामारीको समयमा विध्यालय बन्दभएको समयमा घरमा बसेर इलेक्ट्रिकल वाइक साइकल बनाएको शाहीको भनाइ रहेको छ।
श्रीकृष्ण संस्कृत माद्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत शाहीले जुनसुकै ठाँउमा सजिलै जान सक्ने र पाईडिल हान्न नपर्ने वाईक साइकल बनाएको बताएका छन् ।
५२ हजार लगानिमा बनाएका शाहीले १ लाख खर्च गर्नसके उत्कृष्ट बनाउन सक्ने बताएका छन् ।
लगानीको अभावमा धेरै सामाग्रीहरु राख्न नसकिएको भन्दै ब्याट्रिबाट मात्रै चल्ने साईकल बनाएको उनको भनाइ रहेको छ ।
अहिले साईकलमा ग्रेन मोटर, पाता कन्ट्रोल र टर्चलाइटको प्रयोग गरिएको शाहीको भनाई छ।
एकपटक चार्ज गरेपछि साईकल झन्डै चार घन्टासम्म ४० देखी ५० किलोमिटर सहजै रुपमा उकालो, ओरोला र समथल ठाँउमा चलाउन सकिने उनको भनाई छ।
आगामी दिनमा वाईक का कारण बनाउन आफ्नो योजना रहेको भन्दै आर्थिक अभावकै कारण काम गर्न नसकेको उनको भनाई छ।
आफुले गरेका कामबारे वडा तथा नगरपालिकालाई समेत जानकारी गराईएको भएपनि अहिले सम्म कसैले सहयोग नगरेको उनको गुनासो रहेको छ।