• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

मनाङका घर–घरमा हाइब्रिड स्याउ

पासोमा फसेको चितुवा मर्‍याे

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

सालकको खपटासहित एकजना पक्राउ

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

बँदेलका लागि थापेको पासोमा चितुवा

जुम्लाका अगार्निक तरकारी निर्यातको लागि संकलन सुरु

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. तीन गोही खायो बाघले

  • ३. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ४. सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

  • ५. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ६. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

  • ७. रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

  • ८. रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

  • ९. विश्वकप फुटबलको खेल तालिका परिवर्तन

  • १०. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

बैतडी दुर्घटनामा चारको मृत्यु, आज नगरपालिकामा शोक बिदा

  •  राष्ट्रिय संञ्चार
  • १० फाल्गुन २०७८, मंगलवार ११:२३ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    बैतडी- बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो ।

    दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

    Advertisement

    सोमबार अपराह्न भएको टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन् । घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षिया सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन् । उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

    घटनास्थलमा मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा रहेको छ । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए ।

    टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् ।

    Advertisement

    Advertisement
    Advertisement

    Post Views: 28
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १० फाल्गुन २०७८, मंगलवार ११:२३ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई जना मानिस खाएको बाघ नियन्त्रणमा
    मनाङका घर–घरमा हाइब्रिड स्याउ
    पासोमा फसेको चितुवा मर्‍याे
    यो पनि हेर्नुहोस
    छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु
    सालकको खपटासहित एकजना पक्राउ
    रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

    • २. मनाङका घर–घरमा हाइब्रिड स्याउ

    • ३. पासोमा फसेको चितुवा मर्‍याे

    • ४. छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

    • ५. सालकको खपटासहित एकजना पक्राउ

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

    • ५. आज नागपञ्चमी पर्व मनाइँदै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology