लुम्बिनी- दाङको तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीको एक पसलमा आज बिहान आगलागी भएको छ । आगलागीबाट १८ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको अनुमान गरिएको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
आज बिहान करिब ३:३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिएका छन् ।
आगलागीको खबर पाएलगत्तै पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले दमकलको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।
यस अघि गत माघ २८ गते तुलसीपुर बजारको एक पसलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।